इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

जेरुसेलम - इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव बढाएको र गाजा युद्ध जारी रहँदा इजरायल र इरानबीच खतराको संकेत देखिएको छ ।
इजरायलका सेना प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हालेभीले इरान र उसका सहयोगी राष्ट्रले इजरायलमाथि ३०० भन्दा बढी क्षेप्यास्त्र, ड्रोन र रकेट प्रहार गरेपछि सोमबार ‘जवाफी कारबाही’ गर्ने प्रतिबद्धता जनाएका छन् ।
इरानले सिरियामा रहेको आफ्नो वाणिज्य दूतावासमा इजरायलले गरेको घातक हवाई आक्रमणपछि आत्मरक्षाका लागि गरिएको ठूलो आक्रमण भएको र इजरायलले जवाफ नदिएसम्म यो विषय ‘निष्कर्षमा’ पुगेको मान्न सकिने बताएको छ ।
तर इरानका राष्ट्रपति इब्राहिम राइसीले इरानको हितविरुद्ध सानोतिनो कदमको पनि कडा र व्यापक जवाफ दिइनेछ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको सुरक्षाका लागि अमेरिका प्रतिबद्ध रहेको तर द्वन्द्व फैलन नदिन चाहेको बताएका छन् ।
अमेरिकी अधिकारीका अनुसार इजरायलको शीर्ष सहयोगी तथा हतियार आपूर्तिकर्ता वासिङ्टनले आफ्नो साझा प्रतिद्वन्द्वी इरानमाथि हुने कुनै पनि आक्रमणमा इजरायललाई साथ नदिने बताएको छ ।
इरानले इजरायलमाथि गरेको आक्रमणपछि विश्वका नेताहरूले संयमित हुन आग्रह गरेका छन्, जसले संकट कूटनीतिको हलचल मच्चाएको, तेलको मूल्य बढाएको र शेयर बजारलाई निराश बनाएको छ ।
गाजाबारे बाइडेनले भने, “हामी युद्धविरामका लागि प्रतिबद्ध छौं । बन्धकहरूलाई घर फर्काउने र द्वन्द्वलाई पहिलेदेखि नै रहेकोभन्दा बाहिर फैलनबाट रोक्ने एक मात्र उपाय युद्धविराम र शान्तिवार्ता हो ।”
छ महिनाभन्दा बढी समयदेखि चलेको युद्ध र २४ लाख मानिसमाथिको घेराबन्दीका कारण ठूलो मात्रामा तहसनहस भएको तटीय क्षेत्र गाजामा आफ्नो इजरायलले लक्ष्यमा बमबारी जारी राखेको छ ।
रासस
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

पुटिनसँगको फोन वार्ता धेरै राम्रो भयोः ट्रम्प

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु

कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान

प्रतिक्रिया