बार्सिलोनालाई हराउँदै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौँ- पिएसजी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
गएराति भएको क्वार्टरफाइनलको दोस्रो लिगमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै पिएसजीले समग्रमा ६-४ को जितसहित सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । क्वार्टरफाइनलको पहिलो लिगमा बार्सिलोनाले ३-२ को जित निकालेको थियो ।
बार्सिलोनाको घरेलु मैदानमा पिएसजीको जितमा केलियन एम्बाप्पेले २ गोल गरेका थिए भने ओसमान डेम्बेले र भिटिन्हाले एक एक गोल गरेका थिए ।
त्यसैगरी बार्सिलोनाका लागि एक गोल राफिन्हाले गरेका थिए । यस खेलमा खेलको २९औँ मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।
अब सेमिफाइनलमा पिएसजीले जर्मनी क्लब बोरुसिया डोर्टमण्डको सामना गर्ने छ । डोर्टमण्ड स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई गएराति नै ४-२ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-४ को नतिजा सहित सेमिफाइनलमा पुगेको छ । पहिलो लिगमा एटलेटिको २-१ ले विजयी भएको थियो ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया