मजदुरी गर्थे सलमानको घरबाहिर गोली हान्ने युवाहरू

मुम्बई- क्राइम ब्रान्चले बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली प्रहार गर्ने दुई अभियुक्तलाई पक्राउ गरेको छ ।
दुवै आरोपी विक्की कुमार र सागर कुमारलाई अपराध शाखाले गुजरातको भुजबाट पक्राउ गरेको थियो । यी युवक बिहारको बेतियाका बासिन्दा हुन् । यो घटनाले उनको परिवार र गाउँले निकै स्तब्ध भएका छन् ।
अभियुक्तका परिवारका अनुसार विक्की र सागर मुम्बई गएको थाहा थिएन । उनले सलमान खानको घर बाहिर गोली चलाएको र यस घटनामा छोराको गिरफ्तारीको बारेमा समाचारबाट थाहा पाएपछि अचम्मित भएका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार आरोपी विक्की र सागर नरकटियागञ्जको गौनाहा ब्लकको मसाही गाउँका बासिन्दा हुन् । दुवै अभियुक्तको गाउँमा त्यस्तो आपराधिक छवि छैन । उनको जिल्लामा कुनै आपराधिक रेकर्ड पनि छैन । त्यसैले विक्की र सागरले यस्तो गरेको कुरा परिवारका सदस्य र गाउँका मानिसहरूले अझै पनि पत्याउन सकिरहेका छैनन् ।
विक्कीकी आमा सुनिता देवीका अनुसार विक्की होलीको दुई दिनपछि घरबाट निस्किएका थिए, उनीहरूले निस्कनु अघि काममा जान लागेको बताएका थिए । तर विक्की कहाँ काममा गएका थिए भन्ने जानकारी उनीहरूलाई थिएन, सुनिता देवीले भनिन् ।
‘होलीको दुई दिनपछि काममा गएको बताएको थियो तर तर कहाँ गएको थाहा छैन । समाचारमा हेरेपछि मात्रै थाहा भयो,’ उनले भनिन् । उनका अनुसार एक छोरा र एक छोरीका बाउ हुन् बिक्की ।
उता सागरका बुबा योगेन्द्र राउतले काम गर्न लुधियाना गएको ठानेका थिए तर सागर मुम्बई गएको थाहा नभएको योगेन्द्रले बताए ।
‘लुधियानामा काम गर्थ्यो । थाहा छैन त्यहाँबाट कसरी गयो ? मुम्बईमा गोली हानाहान भएको यो खबर सुनेर छक्क परे,’ उनले भने । प्रहरीले उनका भाइ राहुललाई पक्राउ गरी सोधपुछका लागि लगेको छ । ‘उनी निकै साधारण केटा थिए, हामी मजदुर हौं, ज्याला तिरेर खान्छौं,’ उनले भने ।
यस घटनामा प्रहरीले गाउँका तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । उनलाई सोधपुछपछि रिहा गरिएको थियो । अप्रिल १४ मा बिहान करिब ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर तीनदेखि चार राउण्ड फायरिङ भएको थियो । गोली हानेर मोटरसाइकलमा सवार दुई जना लुटेरा घटनास्थलबाट भागेको खुलासा भएको थियो ।
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

पुटिनसँगको फोन वार्ता धेरै राम्रो भयोः ट्रम्प

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु

कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान

प्रतिक्रिया