जर्मनीद्वारा ४ अर्ब ८८ करोड अनुदान

काठमाडौँ : जर्मनी सरकारले नेपाललाई ३ करोड ४४ लाख युरो (४ अर्ब ८८ करोड रुपैयाँ) अनुदान सहयोगको प्रतिवद्धता जनाएको छ । जर्मनीले सन् २०२३ सम्म प्राविधिक सहयोगको निरन्तरता र सन् २०२५ सम्म वित्तीय सहयोगको निरन्तरता स्वरूप यो सहयोग प्रदान गरेको जनाएको छ ।
सन् २०२० को नोभेम्बर महिनामा सम्पन्न वार्ताका आधारमा जर्मनी र नेपाल सरकारबीच आज यो सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । नेपालमा जर्मनीको सहयोग स्वास्थ्य, दीगो आर्थिक विकास र उर्जा दक्षता÷ नवीकरणीय उर्जाजस्ता तीन मुख्य क्षेत्रमा केन्द्रित छ ।
‘आज भएको सहयोग सम्बन्धी हस्ताक्षरले दुई देशबीचको मित्रवत सम्बन्ध र नेपाली जनताका लागि हाम्रो साझा पहलमा केन्द्रित छन्,’ नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड साफरले भनेका छन्, ‘हाम्रा मुख्य प्राथमिकताहरू स्वास्थ्य, दीगो आर्थिक विकास र उर्जामा लक्षित पहल नेपालको विकास लक्ष्य प्राप्तितर्फ प्रतिवद्ध रहेका छन् । यी क्षेत्र नेपालमा जुनसुकै क्षेत्रको विकासका लागि पनि अपरिहार्य छन् ।’
जर्मनी सरकारको यो सहयोग नेपालको मध्य र सुदूर पश्चिम क्षेत्रको ग्रामीण इलाकामा परिचालन हुनेछ । सन् १९५९ यता जर्मनीले नेपाललाई १ अर्ब युरो भन्दा धेरै सहयोग प्रदान गरिसकेको छ ।
कोभिड–१९ को समयमा जर्मनीले जारी संकटसँग सामना गर्नका लागि नेपाललाई सहयोग गरिरहेको छ । जेठ २५ गते जर्मनीले हवाईमार्गबाट स्वास्थ्य सामग्री ल्याएर नेपाललाई हस्तान्तरण गरेको थियो । यसमा भेन्टिलेटर, आइसोलेसन पालहरू, केएन–९५ मास्क लगायत स्वास्थ्य सामग्री रहेका छन् । कोभिड–१९ महामारीमा अतिरिक्त एक करोड १० लाख युरो बराबरको सहयोग प्रदान गरेको छ । यो सहयोगले नेपालको महामारी विरुद्ध लड्न उत्थानशीलता वृद्धि हुने र सामाजिक तथा आर्थिक प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने नेपालस्थित जर्मन दूतावासले जनाएको छ ।
जर्मनीले ९० देशलाई २४ करोड डोज कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने भएको छ । यसका लागि जर्मनीले कोभ्याक्स सुविधाका लागि १० करोड युरो सहयोग गरी खोपको समान वितरणका लागि सहयोग गरेको राजदूत साफरले बताएका छन् ।

वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

युरो एकको बिक्रीदर १६१ रूपैयाँ नाघ्दा अरू देशको मुद्रा कतिमा हुँदैछ कारोबार…

औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक : पूर्वअर्थम…

पठाओ पार्सलको अफरः समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामा…

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

प्रतिक्रिया