भारतमा लोकसभा निर्वाचन आजबाट सुरु, पहिलो चरणमा १०२ सिटका लागि मतदान

नयाँ दिल्ली - लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा सुरू हुँदैछ ।
यस चरणमा कुल १०२ सिटमा मतदान हुनेछ। निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउन अतिसंवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको हेलिकोप्टरिङ भइरहेको छ ।
महाराष्ट्रको गडचिरोली र छत्तीसगढको बस्तर जस्ता नक्सल प्रभावित क्षेत्रहरू पनि पहिलो चरणमा समावेश गरिएका छन् भने पहिलो चरणमा जम्मु कश्मीरको उधमपुर लोकसभा निर्वाचन क्षेत्रमा मतदान हुँदैछ। निर्वाचन अधिकृतका अनुसार यहाँ ६ सय ५४ मतदान केन्द्र रहेका छन् ।
मौसमलाई ध्यानमा राखी देशैभरका मतदानमा भाग लिने राजनीतिक दल र मतदाताका लागि आवश्यक व्यवस्था मिलाइएको निर्वाचन अधिकारीहरूले बताएका छन् ।
यी बाहेक पहिलो चरणमा निर्वाचन हुने महत्वपूर्ण सिटहरूमा नागपुर, कन्याकुमारी, चेन्नई सेन्ट्रल, मुजफ्फरनगर, सहारनपुर, कैराना, पिलीभीत, डिब्रुगढ, जोरहाट, जयपुर, छिन्दवाड़ा, जमुई, बस्तर, नैनीताल र लक्षद्वीप आदि पर्छन्।
धर्मको सहर भनिने हरिद्वार सिटमा पनि पहिलो चरणमा लोकसभा चुनाव हुन लागेको छ भने पहिलो चरणमा असममा पाँच सिटमा चुनाव हुँदैछ, जसका लागि यहाँ १०,००० मतदान केन्द्रहरू बनाइएको छ।
जसमध्ये २ सय १९ मतदान केन्द्र गम्भीर मानिएका छन् । करिब ५ हजार ५ सय मतदान केन्द्रमा वेब कास्टिङको व्यवस्था गरिएको छ भने ११ हजार क्यामेरा जडान गरिएको छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया