गण्डकी प्रदेशसभाको बैठकमा कांग्रेस सहभागी नहुने

गण्डकी- नेपाली कांग्रेसले आज दिउँसो ३ बजेका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
कांग्रेस संसदीय दलको आजको बैठकले खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताका सम्बन्धमा यसअघि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा फैसला नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले निवेदन पत्र टुङ्गो नलाग्दासम्म दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नु नगराउनु र पूर्ण सुनुवाइका लागि वैशाख १० गतेका लागि पेशी तोक्नु भनी गत चैत २८ गते अन्तरिम आदेश दिएको थियो ।
उक्त आदेशलाई बेवास्ता गर्दै मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेश प्रमुखले प्रदेशसभा बैठक आह्वान गरिएको भन्दै कांग्रेसले सभामुखलाई ध्यानाकर्षणपत्र बुझाएको कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
'यही वैशाख ७ गते दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक र सम्मानित सर्वोच्च अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदासम्म आह्वान गरिने प्रदेशसभाको कुनै पनि बैठकमा हामी नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले सहभागी नहुने निर्णय गरेको जानकारी गराउँदछौं,' विज्ञप्तिमा भनिएको छ ।
सर्वोच्च अदालतबाट दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश जारी भएको परिस्थितिमा प्रदेशसभा अधिवेशन आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु उचित नभएको कांग्रेसको भनाइ छ ।
अदालतमा विचाराधीन मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेशसभाको बैठक सञ्चालन गर्नु संवैधानिक दृष्टिले त्रुटिपूर्ण र संसदीय मर्यादा एवं परम्पराविपरीतसमेत हुने भएकाले प्रदेशसभा बैठक सञ्चालन नगर्न/नगराउन कांग्रेसले अनुरोध गरेको छ ।

एडिबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

झाडी फाँडेर घाँस खेती, घरघरमा बाख्रापालन
%2520(1)_bd3iw7MdjV_f0dy8dht7wtmvreqmctf901vxatbdq2wqnsx86zmqutqd6t9hznpldjsjejw_zrS6kWnhbf_ly9nm5ww0rm7gr96j4ruka18zpv9wcqoahat7dihnvr8ayuxxi5bepjitt8f.jpg)
धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

मर्स्याङ्दी नदीमा बालिकाको शव फेला

गुल्मीको सत्यवतीमा पहिलो बेत ब्याउने गाईलाई १० हजार अनुदान

कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी पाँच !

प्रतिक्रिया