एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको तयारी पूरा

काठमाडौँ- नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको तयारी पूरा भएको जनाएको छ ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा हुने सम्मेलनको तयारी पूरा भएको जनाएको हो ।
बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्हरू दुई हजार ७३ जना, केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् बाहेकका ३ सय ८१ जना आयोजक कमिटीसहित २ हजार ४ सय ५४ जना सहभागी हुने एमालेले जनाएको छ । दुई दिनसम्म चल्ने बैठकमा विभिन्न प्रतिवेदन पेस हुने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।
प्रथम विधान अधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनपछि हुन गइरहेको प्रतिनिधि परिषद्को बैठक वैधानिक हिसाबले सबैभन्दा ठूलो औपचारिक फोरम भएको उनले बताए । बैठकमा एमालेका विभिन्न अभियानको समीक्षा हुने र मिसन ८४ को तयारीका लागि बैठकमार्फत सुझाव संकलन गरिने पोखरेलले बताए ।
त्यस्तै महासचिव पोखरेलले लोकतन्त्रलाई संस्थागत गर्ने प्रश्नमा सत्ता र प्रतिपक्ष सबैसँग मिलेर काम गर्न तयार रहेको बताए । उन अहिलेको अवस्थामा मुलुकलाई सही बाटोमा अघि बढाउन एमालेको ध्यान रहेको धारणा राखे ।
प्रतिनिधि परिषद्को बैठकपछि वैशाख १० गते एमालेले नेकपा स्थापनाको हिरक महोत्सव पनि मनाउने जनाएको छ । उक्त कार्यक्रममा अध्यक्ष केपी ओलीका साथै प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतले सम्बोधन गर्ने एमालेले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया