शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

बाबुरामको पार्टीले बझाङको उपनिर्वाचनमा 'राइट टू नो भोट' को नीति अपनाउने

काठमाडौँ- डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ ।

बुधबार र बिहीबार बसेको पार्टीको सचिवालय बैठकले बझाङको उपनिर्वाचनमा 'राइट टू नो भोट' को नीति अपनाउने निर्णय गरेको हो ।

नेपाल समाजवादी पार्टीले उपनिर्वाचनमा इलाम- २ मा भने पहिचानवादी उम्मेदवार डाकेन्द्र सिंह थेगिमलाई सघाउने निर्णय गरेको छ ।