'मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिनुपर्छ'

काठमाडौँ- कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसँगै मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिनुपर्ने एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।
कोशी प्रदेशसभापछि सञ्चारकर्मीसँग कुरा गर्दै कोशी प्रदेश माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले अल्पमतमा परेको सरकारले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए । बैठकमा मुख्यमन्त्रीले संविधानअनुसार नै अघि बढ्ने बताएकाले ३० दिनभित्र विश्वासको मत लिने विश्वास व्यक्त गरे । ३० दिनभित्र विश्वासको मत नलिए मुख्यमन्त्री कार्की पदमुक्त हुने र नयाँ सरकार गठनको आह्वान हुने उनले बताए ।
त्यस्तै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले अबको ३० दिनसम्म विश्वासको मतका लागि पर्खने र सोही अवधिमा विश्वासको मत नलिए मार्गप्रशस्त गर्न थप दबाब दिने बताए । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन्न भन्न नपाउने भन्दै उनले विश्वासको मत लिन नसके राजीनामा दिनुपर्ने बताए ।
त्यस्तै एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले विश्वासको मत वा राजीनामा दिएर ३० दिनभित्र मार्गप्रशस्त गर्नुपर्ने जिकिर गरे । संकल्प प्रस्ताव बहुमतले पारित भएसंगै मुख्यमन्त्रीलाई संवैधानिक एवं कानुनी दबाब परेको र मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे ।
त्यसअघि शुक्रबार नै बसेको कोशी प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले वैशाख २६ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्नेसहितको संकल्प प्रस्ताव बहुमतले पारित गरेको थियो ।

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

पुस्तक बिक्रीबाट संकलित रु १२ करोड आविष्कार केन्द्रलाई

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

प्रतिक्रिया