समयमै परीक्षाफल प्रकाशित नगरेको भन्दै अनेरास्ववियुको विरोध

काठमाडौँ- एमबिएसको प्रवेश परीक्षा २०८० मा प्रथम वर्षको परीक्षाको नतिजा समयमै प्रकाशित नगरेको भन्दै एमाले निकट अनेरास्ववियु शंकर देव क्याम्पस कमिटीले विरोध गरेको छ । अनेरास्ववियु एक विज्ञप्ति जारी गर्दै विरोध गरेको हो ।
'त्रिवि व्यवस्थापन संकाय अन्तर्गतको सेमेष्टर प्रणालीमा आधार स्नातकोत्तर तह एमबिएस कार्यक्रममा भर्ना वर्ष २०२४ (२०८०) त्रिवि व्यवस्थापन संकाय डिनको कार्यालय कीर्तिपुरद्वारा प्रकाशित सूचना (मिति २०८०/०९/०४ गते) स्नातकोत्तर तहको प्रवेश परीक्षामा स्नातक तह प्रथम वर्ष तथा सेमेष्टर प्रणाली अन्तर्गत छैठौं सेमेष्टरको आंशिक परीक्षामा सम्मिलित भई परीक्षाफलको प्रतिक्षामा रहेका विद्यार्थीहरूले पनि प्रवेश परीक्षा फारम भरी उक्त प्रवेश परीक्षामा संलग्न हुन सक्ने जानकारी गराई परीक्षाफलको प्रतिक्षामा रहेका विद्यार्थीहरूलाई समेत प्रवेश परीक्षा फारम बापत बुझाउनुपर्ने शुल्क एक हजार पाँच सय रूपैयाँ दस्तुर बुझाउन लगाई समयमा परीक्षाफल प्रकाशित नगरी विद्यार्थीहरुलाई भर्ना हुनबाट बञ्चित गराएको छ' अनेरास्ववियु शंकर देव क्याम्पस कमिटीको विज्ञप्तिमा भनिएको छ ।
'हजारौं विद्यार्थीले प्रवेश परीक्षा फारम बापत बुझाएको लाखौं रकमको हिसाब त्रिवि व्यवस्थापक डिनको कार्यालयले दिनुपर्छ कि पर्दैन ? कक्षा सञ्चालन शुरु भएको दुई महिना भइसकेको र ८० प्रतिशत अनिवार्य हाजिर हुनुपर्ने त्रिविको नियम भएको हुँदा अझै परीक्षाफल चाँडो प्रकाशित नभए विद्यार्थीहरूको भर्नाको जिम्मा डिनले लिनु पर्दछ' विज्ञप्तिमा भनिएको छ 'परीक्षाफल प्रकाशनमा ढिलाई हुनाले कयौं विद्यार्थीको भविष्यमा प्रत्यक्ष असर पर्दै आएको छ । कर्मचारी अभावको बहाना गरी त्रि.वि.प.नि.का. उम्कन खोज्दैछ । यस्तो गम्भीर लापरबाहिताको अनेरास्ववियु शंकरदेव क्याम्पस कमिटी घोर भर्त्सना गर्दछ ।'
चाँडोभन्दा चाँडो परीक्षाको नतिजा प्रकाशित गरी विद्यार्थीहरूको भर्ना सम्बन्धी समस्याको समाधान गर्न माग गरेको छ । 'सम्बन्धित जिम्मेवार निकाय गम्भीर नभए वा यसलाई बेवास्ता गरेमा अनेरास्ववियु शंकरदेव क्याम्पस कमिटी आन्दोलनका कार्यक्रमहरू गर्न बाध्य हुनेछ' विज्ञप्तिमा लेखिएको छ 'यसबाट उत्पन्न हुने जोखिमको जिम्मेवार स्वयम् त्रिवि परीक्षा नियन्त्रण कार्यालय तथा व्यवस्थापन संकाय डिनको कार्यालय हुनेछ ।'

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

प्रतिक्रिया