इलाम उपचुनावका चुनौती र सबक

प्रकृतिको मोहनीले मस्त इलाम यतिबेला चुनावी माहोलले व्यस्त छ । आफूलाई हात्ती सम्झिने पार्टीहरू आफ्नो साख जोगाउन र जनतासामु अनुमोदित हुन साम, दाम, दण्ड, भेदका सबै अस्त्र प्रयोगमा लागेका छन् ।
विशेषगरी लिम्बू जातिहरूको बाहुल्य रहेको यो क्षेत्रमा जातिगत भोट हात पार्न सोही जातिलाई नै मैदानमा परेड खेलाई रहेको देखिन्छ । खासगरी नेपाली कम्युनिष्ट पार्टी र “उम्रँदै तीन पात” झैँ पहिलो पटकमै सबै दलको साख गिराउन सफल राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रको काखमा खाइखेली हुर्केको लुङालाई गोदमा लिएर चुनावी मैदानमा उफारिरहेको देखिन्छ भने स्वर्गीय नेता सुवास नेम्वाङको बिर्ता सखार गर्न उनकै पुत्रलाई बलिवेदीमा होमेको छ । उनलाई नेकपा (माओवादी केन्द्र) ले समेत सहानुभूति देखाएको छ । कुनै समय पानी बाराबार र भेटे मारामार गर्न तम्सिने दुई दलले सहकार्यको त्यान्द्रो गाँसेको देखिन्छ । यो त्यान्द्रो बझाङ र इलाममा आफ्नो इज्जत बचाउन लँगौटी अड्याउन उपयोग गरेको अनुमान गर्न सकिन्छ ।
कुनै बेला यी दुई दलले एउटै मुकुण्डो लगाएर नेपालमा वाम एकताको थोत्रो डम्फु बजाएर दुईतिहाई मत पाएका थिए । “कुकुरलाई घिउ नपचे झैं” जनमत पचाउन सकेनन् र वर्ग दुस्मन बनेर सिसा जस्तै चिरिएर गालीगलौजमा उत्रिए र मध्यावधि चुनाव गराएर पुनः दुईतिहाई ल्याएर संसदमा जाने उद्घोष गरेर जनता उचाल्न थाले । अहङ्कारको भुत सवार भएका दलहरूले आफूलाई देशको मसिहा र बादशाह सम्झन थाले । नयाँ नटवरलालको बुई चढेर सहकर्मी र सह योद्धामाथि अत्याचारको फणा फिँजाए । अहमताको चरमचुलीमा पुगेपछि माधव नेपाल, भीम रावलहरू गलहत्याइए र केही नयाँ नटवरलाल भित्र्याइए । सुन तस्कर र भुटान लस्करका नाइकेलाई काखमा खेलाइयो । २०७९ को आवधिक निर्वाचनले सबैको औकात देखाइदियो । भर्खर टुसाएको रास्वपाले ठूला पार्टीलाई राजधानीमै हराइदियो र तेस्रो दल बन्न सफल भयो ।
यतिबेला इलाममा केही नैतिक संकट उभिएका छन् । इलामेली जनता, सचेत नागरिक, पहिचान पक्षधर र राजनीतिक दलका सामुन्ने । अस्तित्व र प्रतिष्ठाको पहाड पनि त्यत्तिकै चुलिएको छ । साख र नाकको प्रश्न पनि त्यत्तिकै चोटिलो छ । यसमा को सफल हुन्छ र कसलाई सफल बनाउँछन् त्यसको पूर्ण हक इलामेली नागरिकको हातमा छ ।
औकातमा पोर्टफोलियो बदलियो । दुईतिहाई जनमत लिएर मुल ढोकाबाट पस्ने दिवा सपना तुहिएपछि खिचडी सरकारमा मिसिन तयार भए नव बादशाहहरू । चुनावी गठबन्धनमा कसिएको कांग्रेस, नेकपा (माओवादी केन्द्र) , नेकपा समाजवादी लगायतको सरकार बनाउने कसरतमा कांग्रेसले बेइमानी गर्न खोजेपछि नाम लिंदा समेत मुख खोकल्ने, निकृष्ट शब्द ओकल्ने एमालेसित गठजोड गर्दा सभामुखको चिठ्ठा हात लाग्यो । तत्काल प्रायश्चित गरेपछि कांग्रेससित गठजोड मिल्यो र त्यो गठजोड राष्ट्रिय सभाको चुनावसम्म जोडियो । राष्ट्रिय सभा चुनावमा घात भएपछि कांग्रेससित सम्बन्ध विच्छेद गरेर अहिले पुरानै माया जोडेको देखिन्छ । सायद यो सत्ता वासनाको मोहले जोडेको पिरती कति बेला सम्बन्ध विच्छेदमा टुङ्गिने हो अडकल गर्न सकिँदैन ।
यति बेला इलाम रनक्क तातेको छ । वातावरण रङ्गिन छ । थुप्रैले मीठो मसिनो चाख्न पाएका होलान्, केहीले साहुको चुक्ता गर्न भ्याए होला । निकै पाठापाठीको गर्दन छिनालिएको हुनसक्छ, सुँगुर, बंगुरको कोखामा भाला घोचिएको हुनसक्छ कतिपय पसले उदारोले कङ्गाल भए, कति वटा भट्टी पसल मालामाल भए, थुप्रैले आश्वासन पाए,कतिले मासुभात खाए, यो साविककै संस्कार हो जनताका लागि । रित्तिने, भित्रिने, थोत्रिने, डुब्ने उक्सने, मार्ने, मर्ने पुरानै संस्कृति हुन कार्यकर्ताका लागि । राजनीतिको आवरणमा जन्ती, मलामीको सम्बन्ध तोड्नु, सिद्धान्त नामको स्वार्थी नाता जोड्नु, पानीघाट, गल्ली गोरेटो छेक्नु, आफ्नालाई दुष्ट र पराइलाई इष्ट देख्नु, आफन्तमा काटाकाट र परायमा चाटाचाट गर्नु संस्कारविहीन राजनीतिले सामाजिक सद्भाव भड्काउन गरेको मूर्खताको द्योतक हो । कसैलाई शासक बनाउन र आफ्नो दासत्व जनाउन यी कर्ममा रत छौं, अन्धभक्त भएर । जिन्दावाद र मुर्दावादको फलाको गर्छाैं आफैँलाई बिर्सेर । यो कर्म इलाममा पनि भएकै छ, नाङ्गो आँखाले हेर्दा पनि ।
यतिबेला इलाममा केही नैतिक संकट उभिएका छन् । इलामेली जनता, सचेत नागरिक, पहिचान पक्षधर र राजनीतिक दलका सामुन्ने । अस्तित्व र प्रतिष्ठाको पहाड पनि त्यत्तिकै चुलिएको छ । साख र नाकको प्रश्न पनि त्यत्तिकै चोटिलो छ । यसमा को सफल हुन्छ र कसलाई सफल बनाउँछन् त्यसको पूर्ण हक इलामेली नागरिकको हातमा छ ।
जनता दास होइनन्, जनार्दन हुन्, खरिद बिक्रीमा राखिएका बाँधा होइनन्, स्वतन्त्र नागरिक हुन् भन्ने सबक सिकाउन खोजेको देखिन्छ । थोरै सङ्केत माओवादी र एमालेले बुझेर सुहाङ नामको कुमार अघि लगाएर त्रिपुर लडाउन इलाम पुगेका छन् भने धनुषको ताँदो काट्न मिलन नामको मुसो लिएर रास्वपा पनि त्यतै पुगेको छ । त्रिपुर कसले लडाउँछ जनमतले देखाउँछन् ।
इलाम उपनिर्वाचनले खडा गरेको पहिलो चुनौती पहिचानको हो । सभ्यता, संस्कृति, भाषा र संस्कारको संरक्षण गर्दै जातीय पहिचान झल्काउने गरी प्रदेशको नाम किराँत राख्न आग्रह गरे पनि फागुन १७, २०७९ मा भएको मतदानमा कोशी नामकरण गरियो । कोशी पक्षमा ८२ विपक्षमा ४ मत परेको थियो भने ६ मत अलमलमा गयो । यसपछि पहिचानको मुद्दा खरो रूपमा उठ्यो भने पहिचान पक्षधर साना दल र नागरिक समाजका अगुवा, जनजाति र गैर जनजाति समुदायको समेत संलग्नतामा आन्दोलन चरम अवस्थामा पुगेको थियो । आन्दोलनको अगुवाइ गर्ने क्रममा पदम लिम्बू, उर्फ लाजेहाङले वीरगति प्राप्त गरे । जिल्ला जिल्लामा पहिचानको लागि सशस्त्र युवा दस्ता तयार गर्ने र तालिम दिने काम भएको थियो । बुलेट र ब्यालेट दुवै माध्यमबाट माग पूरा गराउने संकल्प गरेका पहिचान पक्षधरले स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगेमलाई “मुढा” चिह्नमा चुनावी मैदानमा उतारेको देखिन्छ । बहुसंख्यक जनजाति र पहिचान पक्षधरको आवाद रहेको इलाममा तमाम जनताले पहिचान मागेका हुन् वा केही सीमित मानिसले चाहेका हुन् यसको निरूपण गर्ने देखिन्छ । थेगेम (लिम्बू) लाई काउन्टर दिन जात, नाक, आँखा, भाषा र संस्कृति मिल्ने लिम्बुलाई नै मैदानमा उतारिएको छ । प्रचण्ड र ओलीको निर्देशनमा सुहाङलाई र प्रचण्डको खोकिलामा हुर्केको अर्काे लिम्बू ठिटो मिलनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सिन्दुर लगाएर पहिचानलाई थुन्सेमा पोको बनाउन खोजेको देखिन्छ ।
कोशी नाम करकाप हो वा बहुसंख्यक नागरिकको रोजाई हो छिनोफानो हुने देखिन्छ भने पहिचान कसका लागि र कसले चाहेको भन्ने कुरा प्रष्ट हुन्छ । यदि लाजेहाङको रगतको सम्मान गर्ने र उनको सपना साकार बनाएर सदियौंदेखि ओझेलमा परेको पहिचान दिलबाट नै खोजिएको हो भने पहिचान पक्षधर नेतृत्व विजय हुन जरुरी छ । यो हैसियत कायम गर्न नसके पहिचानको मुद्दा सीमित मान्छेले अस्थिरता निम्त्याउनका लागि गरेको नियोजित हर्कत हो भन्ने अर्थ लाग्न सक्छ । यस बेला पहिचान अलमलियो भने बाटो भेटाउन निकै दशक पर्खनुपर्ला ।
नेपाली राजनीतिमा स्थापित अर्काे दल नेपाली कांग्रेसलाई पनि उपचुनावले गतिलो चुनौती दिँदैछ । गत चुनावमा माओवादी केन्द्रसँग हुल बाँधेर देशको पहिलो पार्टी भएकोमा अति गर्व लागेको देखियो । अन्तमा केही फरक धारमा लागेका कांग्रेस नेताहरूले प्रदेश १ मा केन्द्रीय गठबन्धनको निर्णय धोती लगाएर केदार कार्कीलाई मुख्य मन्त्री बनाउँदै अब कांग्रेस एक्लै चुनावमा जानसक्छ भन्ने निर्णय महासमितिबाट पास गराएपछि गठबन्धन भत्किएको देखिन्छ । यदि यसो हो भने आफ्नो साख बचाउन र सक्षमता देखाउनकै लागि पनि चुनाव जित्नै पर्ने नैतिक दबाब परेको छ कांग्रेसलाई । यो दबाबको सामना गर्न गैर जनजाति डम्बर खड्कालाई चुनावी युद्धमा होमेको छ । के खड्काले कांग्रेसको साख जोगाउलान् ? यो यक्ष प्रश्न कांग्रेस सामु टड्कारो रूपमा आएको छ । एक्लै चुनाव जित्ने फुर्ती गरेर सत्ता सहकर्मीलाई सत्तोसराप गर्ने डेढअक्कली नेताहरूलाई आफ्नो इज्जत थाम्न पनि यो जित्नु पर्ने देखिन्छ । यी सबैको नाक राख्ने कि काट्ने भन्ने जिम्मेवारी खड्काको विजय र पराजयमा भर पर्दछ भने कसको औकात कति भनेर मापनमा सहजता आएको छ देखिन्छ ।
नेपाली राजनीति र राजनीतिका वादशाहमाथि २०४८ देखि अहिलेसम्म कुनै चुनौती थिएनन् । अझ २०५८ को दरबार हत्याकाण्ड पश्चात् सबै दलहरू अघोषित राजाको दर्जामा दर्ज भइसकेका देखिन्थे । कल, छल र बल प्रयोग गरेर भोट लुट्नु र देश चुस्नु शिवाय अरू दायित्व देखेका थिएनन् । बडे बादशाह कौन बनेगा ?
स्वतन्त्र र दलगत गरी करिब २० जना उम्मेदवार मैदानमा उत्रिएका छन् भने विशेष गरी एमाले, रास्वपाले किराँत (लिम्बू) समुदायबाट प्रतिनिधि बनाएका छन् भने कांग्रेस लगायतका सीमित दलले मात्र गैर किराँतबाट प्रतिनिधि बनाएका छन् । यो दृष्टान्तले अब वर्गबाट नेपाली राजनीति जातमा झरेको देखिन्छ । अब चुनाव जित्न र जिताउन क्षमता, योग्यता, राजनीतिक सुझबुझ भन्दा पनि श्रीमान गुमाएकी, नेताकी श्रीमती वा बाबु गुमाएको नेताको छोरो हुनुपर्याे कि बहुसंख्यक जात चाहिने भयो भने अल्पसंख्यकहरू क्षमता योग्यता र राजनीतिक सुझबुझ भएपनि ओझेलमा बस्नु पर्ने चुनौती थपेको देखिन्छ । अबका दिनमा जातीय रूपबाट पछि पारिएका संख्यात्मक रूपमा थोरै जनसंख्या भएका जातिहरू सधैं हली, गोठालो र अरौटे, भरौटे हुनु पर्ने गम्भीर अवस्था सिर्जना भएको देखिन्छ । प्रवृत्तिगत रूपमा यसलाई दलीय मलजल पुग्यो भने खतरनाक जातीय अहङ्कारवादको थालनी र जातीय अधिनायकत्वको बीजारोपण हुनसक्ने चुनौतीपूर्ण सम्भावना प्रबल छ ।
यी चुनौतीले सम्भावना पनि बोकेका छन् । अहिलेसम्म राजनीतिको मुहानमा ढल मिसाएर दूषित बनाउने र देश र जनतामाथि कुत्सित खेलवाड गरेर आफ्नो स्वार्थ पूरा गरेका दलहरूलाई यो उपचुनाव फलामे चिउरा भएको छ । लोकतन्त्रको ट्रेडमार्क बेचेर गरिखाने दलहरूले आपसी दोसामोस छोड्नुपर्ने, सत्तामा हुँदा गोबरलाई गुड र सत्ताबाहिर बस्दा गुँडलाई गोबर देख्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने, माफिया, भ्रष्टाचारी, घुसखोरी र काला बजारीको निर्देशन र कमिसनको चक्करमा निरीह जनतामाथि दमन नगर्न सबक सिकाएको देखिन्छ । जनमत जनताको हो कुनै दलको पेवा होइन, जनता न्यायाधीश हुन् जुनसुकै बेला दण्डित गर्न सक्छन् भन्ने कुरा बुझाउन २०५१ को मध्यावधि कांग्रेसलाई बहुमतबाट दोस्रो दल बनाएको र दुई तिहाइको धोती लगाउने एमालेलाई २०७९ मा दोस्रो पार्टीमा स्थानान्तरण गरेर देखाएको पाइन्छ । आफूलाई अजात शत्रु ठानेर अभिमानको पहाड चढेका दलहरूलाई औकातमा ल्याउ उनीहरूलाई खुइल्याएर अचानक झरीको च्याउ झैं आएको नयाँ दललाई अभिमत दिएर नसुध्रिए अस्तित्व सकिने संकेत गरेको देखिन्छ । जनता दास होइनन्,जनार्दन हुन्, खरिद बिक्रीमा राखिएका बाँधा होइनन्, स्वतन्त्र नागरिक हुन् भन्ने सबक सिकाउन खोजेको देखिन्छ । थोरै सङ्केत माओवादी र एमालेले बुझेर सुहाङ नामको कुमार अघि लगाएर त्रिपुर लडाउन इलाम पुगेका छन् भने धनुषको ताँदो काट्न मिलन नामको मुसो लिएर रास्वपा पनि त्यतै पुगेको छ । त्रिपुर कसले लडाउँछ जनमतले देखाउँछन् ।
नेपाली राजनीति र राजनीतिका वादशाहमाथि २०४८ देखि अहिलेसम्म कुनै चुनौती थिएनन् । अझ २०५८ को दरबार हत्याकाण्ड पश्चात् सबै दलहरू अघोषित राजाको दर्जामा दर्ज भइसकेका देखिन्थे । कल, छल र बल प्रयोग गरेर भोट लुट्नु र देश चुस्नु शिवाय अरू दायित्व देखेका थिएनन् । बडे बादशाह कौन बनेगा ? यही ध्याउन्नमा लागेका थिए कि हामी भन्दा बलियो अर्को कोही बादशाह बनेर आउला भनेर सोचेका पनि थिएनन् । देश, जनता र कानुन भन्दा माथि रहेकोमा गर्व थियो । तर यो बेला दल र तिनका समर्थकसामु केही यक्ष प्रश्न तेर्सिएका छन् । यी प्रश्नहरूले केही तात्विक सबक सिकाउन खोजेको देखिन्छ । समयमा यो चुनौतीको अनुशीलन गरेर समयसापेक्ष आफूलाई रूपान्तरण गर्न नसके थुप्रै नेताहरूले पोलपोटको दुर्दशा भोग्नु पर्नेछ भने थुप्रैले गोन्जालोको नियति व्यहोर्नुपर्ने देखिन्छ ।

साइकल चढ्ने हैसियत नभएकाले गाडी चढ्ने भए, यहि होइन् र जनताको अवस्था फेरिएको

स्ववियु र विद्यार्थी आन्दोलनको मार्ग: इतिहास र भविष्यको अवलोकन

राजनीतिक दलले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ

जरुर उठ्छ-उठ्नुपर्छ माओवादी आन्दोलन

सांसदले जनताको विश्वास जित्न काम गरेर देखाउनुपर्छ

संघीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन

‘नेपालमा वैदेशिक रोजगारको वृद्धिदर र यसको प्रभाव’

प्रतिक्रिया