लाली गुराँस आधारभूत विद्यालयले मनायो ३४ औँ वार्षिकोत्सव

काठमाडौँ- सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.-३ धुस्कुन को दाबिमा रहेको लाली गुराँस आधारभूत विद्यालयले आफ्नो ३४ औँ वार्षिकोत्सव मनाएको छ ।
अल्पसंख्यक विपन्न पहरी जातिको बसोबास भएको दाबिमा अवस्थित यस विद्यालयले पालिका अध्यक्ष भक्त ध्वज बोहराको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाएको हो ।
उक्त कार्यक्रममा पालिका शिक्षा समिति सदस्य मोहन श्रेष्ठ, समाजसेवी रामकुमार रिसाल र लालबहादुर श्रेष्ठले विद्यालयलाई शुभकामना मन्तव्य दिएका थिए । सो अवसरमा जग्गा दातालाई सम्मान गर्नुको साथै लायन्स क्लब अफ काठमाडौँ नयाँ बजार र टेम्पल सिद्दी विनायक तथा इम नन्द फाउन्डेसनद्वारा विद्यार्थीको लागि ड्रेस स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरिएको थियो ।
नेपाली कांग्रेसका वडा सभापति एवं समाजसेवी निमादोर्जे तामाङ ( शिखर) ले सबै विद्यार्थीको लागि झोला उपलब्ध गराउने प्रतिबद्धता घोषणा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश पहरीले बताएका छन् ।

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

प्रतिक्रिया