मेरी श्रीमतीकाे खाानामा शौचालय सफा गर्ने केमिकल मिसाइयोः इमरान खान

इस्लामावाद - पाकिस्तानको एक अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीको मेडिकल जाँचको लागि अनुरोध स्वीकार गरेको छ ।
अदालतले दुई दिनभित्र पूर्व प्रथम महिलाको निजी अस्पतालमा एन्डोस्कोपी गर्न निर्देशन दिएको छ।
७१ वर्षीय खानलाई धेरै मुद्दामा दोषी ठहर गर्दै रावलपिंडीको अदियाला जेलमा राखिएको छ भने बुशरा बीबी हाल इस्लामाबादस्थित खानको घर बनी गालामा बन्दी छिन् ।
शुक्रबार मात्रै पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका संस्थापक खानले ४९ वर्षीया बुशरा बीबीलाई शौचालय सफा गर्ने केमिकल खानामा मिसाइएको अदालतमा दाबी गरेका थिए ।
न्युज इन्टरनेशनलका अनुसार खानले शौकत खानुम अस्पतालका प्रमुख चिकित्सा अधिकारी डा. असिम युसुफले बुशरा बीबीको शिफा इन्टरनेशनल अस्पतालमा परीक्षण गर्न सिफारिस गरेको तर जेल प्रशासन पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) मा परीक्षण गराउन अडिग रहेको बताए।
अदालतले सुनुवाई अप्रिल २३ सम्मका लागि स्थगित गरेको छ । न्युज कारखाना

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया