आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

काठमाडौँ- साविक विजेता म्यानचेस्टर सिटी एफए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति सम्पन्न सेमिफाइनल खेलमा चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

म्यानचेस्टर सिटीले चेल्सीलाई १-० ले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा बर्नार्डो सिल्भाले ८४ औँ मिनेटमा निर्णायक गोल गरे ।

म्यानचेस्टर सिटीले फाइनलमा अब म्यानचेस्टर युनाइटेड तथा कोभेन्ट्री सिटीबीच हुने सेमिफाइनल खेलको विजेताको सामना गर्नेछ ।