ऐसले फर्निचर शोरुम अब नेपालमा

काठमाडौँ - विश्व प्रसिद्ध ऐसले फर्निचरले काठमाडौंको टेकुमा आफ्नो शो रुमको स्थापना गरी बिक्री सुरु गरेको छ । ऐसले ब्रान्ड विश्वको सबैभन्दा ठूलो फर्निचर उत्पादक तथा विक्रेता मध्येको एक हो । गत १८ वर्ष देखि ऐसले अमेरिकाको सबैभन्दा विक्री हुने फर्निचर ब्रान्ड रहँदै आएको छ ।
ऐसलेको विश्वभरि ६६ राष्ट्रहरूमा ११ सय भन्दा बढि होमस्टेहरू छन् । ऐसलेको आधिकारिक बिक्रेताको रुपमा एस.एन जोशी एण्ड सन्स कम्पनी प्रा.लि रहेको छ । विश्व विख्यात फर्निचर ब्रान्डहरूलाई नेपालमा ल्याई उत्कृष्ट उत्पादकहरूलाई नेपाली माझ साक्षात्कार गराउने एस.एन जोशी एण्ड सन्स कम्पनी प्रा.लि विगत २० वर्ष देखि यस व्यवसायमा सकृय रहेको छ ।
विश्व विख्यात ऐसले ब्रान्डले नवीनता, गुणस्तरीयता, ग्राहक सन्तुष्टिमा विश्व भरी आफ्नो झण्डा गाडिसकेको छ । ऐसले फर्निचरले विश्वभरि करोडौं उपभोक्ताहरूको मन जितिसकेको छ । टेकु स्थित ऐसलेको शोरुम ४५ सय स्क्वायर फिटमा फैलिएको छ र यहाँ ग्राहकहरूले विभिन्न आधुनिक रुपमा लिभिङ रुम, डाइनिङ्ग रुम, बेड रुमको साज सज्जा सहित चाहिने सर–सामानहरुको उपलब्धता रहनेछ ।
ऐसले फर्निचरले डिजाइनमा विविधता र अकल्पनीय उत्पादनहरू सहित नेपालमा नयाँ युगको सुरुवात गर्ने कम्पनीले जनाएको छ ।

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रोडक्टहरू सार्वजनिक, कति पर्छ मूल्य ?

शाओमी १५ अल्ट्रा भव्य रूपमा नेपालमा सार्वजनिक

अन्तर्राष्ट्रियस्तरको स्किन तथा हेयर ट्रिटमन्ट डिभाइस 'भिभाची' को केकी र रेखाद्वा…

एलजीको नि:शुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प

दराजको ३.३ मार्च म्याडनेस क्याम्पेन, किनमेलमा उल्लेख्य बचत गर्ने अवसर

प्रतिक्रिया