पूर्वाञ्चल विश्वविद्यालयको भिसीमा १६ जना छनोट, कहिले हुँदैछ अन्तर्वार्ता ?

काठमाडौँ- उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि १६ जना छनोट गरेको छ । समितिले जारी गरेको सूचनाअनुसार वैशाख १२ र १३ गते अन्तर्वार्ता हुने भएको छ ।
अन्तर्वार्ता बिहान ११:३० बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुनेछ । समितिले सार्वजनिक गरेको सूचनामा शुभनारायण पाठक, अनिलकुमार पोखेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया छन् ।
यस्तै, विनोद पराजुली, देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, राजकुमार पोखरेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेश राज दाहाल छनोट भएका छन् । समितिले माघ २३ गते पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो ।
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

प्रतिक्रिया