फोनपे पेमेन्ट सर्भिस लिमिटेडद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

ललितपुर- फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्तर्गत यस संस्थाले नेपालमा पहिलो पटक पूर्णरूपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसंगको सहकार्यमा सुरुवात गरेको जनाएको छ ।
नेपालका बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई Fonepay Card Scheme अन्तर्गत रही पूर्णरूपको डिजिटल क्रेडिट कार्ड (Fonepay Virtual Credit Card) आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत उपलब्ध गराउन सक्नेछन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूले यस क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत लिन सक्ने जनाएको छ ।
नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै Domestic Card Scheme परियोजना अन्तर्गत नेपाल राष्ट्र बैंकबाट यस संस्थालाई प्राप्त अनुमति बमोजिम Fonepay Credit Card Scheme सञ्चालनमा ल्याउन लागिएको हो । यस फोनपे क्रेडिट कार्डले नेपालको कार्ड भुक्तानी उद्योगलाई पुनः परिभाषित गर्ने विश्वास फोनपेले लिएको छ । उक्त क्रेडिट कार्ड पूर्णरूपमा डिजिटल अनबोर्डिङ्ग र जारी हुने तथा हाल Fonepay QR मा आबद्ध करिब १४ लाख व्यवसायीहरूको स्थानहरूमा निर्बाध रूपमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ ।

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

प्रतिक्रिया