आईपीएलमा आज राजस्थान र मुम्बई भिड्दै

काठमाडौँ- इण्डियन प्रिमियर लिग अन्तर्गत आज एक खेल हुँदै छ ।
आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ । राजस्थानको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुने छ ।
जारी आईपीएलमा राजस्थान रोयल्स ७ खेलमा ६ जित र एक हारसहित १२ अंक हासिल गरेर शीर्ष स्थानमा रहेको छ ।
त्यसैगरी मुम्बई इण्डियन्सको यो सिजन भने औसत रहेको छ । अहिलेसम्म मुम्बईले ७ खेलमा ३ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ ।
राजस्थान यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आईपीएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो । राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियाँ पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुनेछन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ ।
त्यस्तै मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मालगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ ।
त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_uele40KFVs_efbeqrsbjtev89zaqugxpnr6xd1ghnbebx9tljffvuvb35xvxdacusgtkftj.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया