मंगलबार २० साउन, २०८२
Tuesday, August 05, 2025

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धमा परेको रिट प्रधान र सुवेदीको इजलासमा

फाइल तस्बिर

काठमाडौँ - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिको विरुद्धमा परेको रिटको पेसी आज तोकिएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा सुनुवाइ हुँदैछ ।

यसअघि यस रिटमा चैत्र २८ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो भने इजलासले यस रिटको पूर्ण सुनुवाइ आज गर्न आदेश दिएको थियो ।

मुख्यमन्त्री अधिकारीले सरकारको दाबी गर्दा सभामुखको मत जोडेर बहुमत पुर्याएको भन्दै कांग्रेस नेता पाण्डेले प्रदेश प्रमुखसहितलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।