मालदिभ्सका राष्ट्रपति मुइज्जुको पार्टीलाई संसदमा बहुमत

काठमाडौँ - माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कांग्रेस (पीएनसी) पार्टीले संसदमा बहुमत हासिल गरेको छ । मुइज्जुको पार्टी ९३ मध्ये ६० भन्दा बढी सिट जित्न सफल भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
माल्दिभ्सको निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै स्थानीय समय अनुसार आइतबार साँझ ५ बजेसम्म करिब दुई लाख मानिसले मतपत्र मार्फत आफ्नो मताधिकार प्रयोग गरेको जनाएको छ ।
निर्वाचन आयोगले ९३ सिटमा ७२.९६ प्रतिशत मतदान भएको दाबी गरेको छ । मतदान गर्नेमध्ये १ लाख ४ हजार ८२६ पुरुष र १ लाख २ हजार ८६७ महिला थिए । ९३ सिटका लागि १३० स्वतन्त्रसहित ३६८ जना उम्मेदवार मैदानमा थिए ।
गत वर्ष सेप्टेम्बरमा मोहम्मद सोलिहलाई हराएर मुइज्जु राष्ट्रपति बनेका थिए । तर, अहिलेसम्म संसदमा मोहम्मद सोलिहको पार्टी माल्दिभियन डेमोक्रेटिक पार्टीको बहुमत थियो ।

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया