कसरी अमेरिका जानका लागि ज्यान जोखिममा पार्दै छन् मानिसहरू ?

काठमाडौँ - अमेरिका सपनाको देश हो । हरेक मानिस अमेरिका पुग्न चाहन्छन् । तर जान सहज छैन ।
अमेरिकी राष्ट्रपति चुनावमा दक्षिण अमेरिकी सीमाबाट आप्रवासीहरूको आगमन एउटा ठूलो मुद्दा हो । तर मेक्सिकोमा फैलिएको लागूऔषध कार्टेलहरूबारे धेरैलाई जानकारी छैन । यसले मानिसहरूको खतरनाक यात्रालाई झन् खतरनाक बनाइरहेको छ ।
सान लुइस रियो कोलोराडो सीमावर्ती सहर हाे । याे क्षेत्र सडकहरूमा तीव्र गतिमा दौडने मोटरसाइकलहरूको लागि परिचित छ। एडुआर्डो यहाँको एक आश्रयस्थलको आँगनमा आराम गरिरहेका छन् । यो आश्रय अमेरिकाको एरिजोना राज्यको सीमा नजिकै पर्छ ।
आश्रय भित्र एउटा ठूलो काठको क्रस झुण्डिएको छ। मेक्सिकोको यात्रामा एडुआर्डोले खतरनाक चीजहरूको सामना गर्नुपरेको थियो। अहिले यो ठाउँमा आएर उनी यी अनुभवबाट मुक्त हुन खोजिरहेका छन् ।
करिब ५० वर्षका एडुआर्डो इक्वेडरमा फास्टफुड रेस्टुरेन्ट चलाउँथे। कुनै समय शान्तिप्रिय मानिने यो देशमा अहिले संगठित अपराधको जरा बलियो भएको छ ।
एडुआर्डो भन्छन्, 'हामी व्यवसायी भएकाले हामीलाई जबरजस्ती असुल्छन् ।' '‘कर’ नतिरेको खण्डमा एक गिरोहले मार्ने धम्की दिएको थियो । 'हामीले के गर्न सक्छौं ? आफ्नो ज्यान जोगाउन देशै छोड्नुपर्यो ।' एडुआर्डो इक्वेडर छोड्न चाहँदैनथे, तर उनी गिरोहसँग डराए र अमेरिकामा शरण माग्ने निर्णयमा पुगे ।
यो कथा एडुआर्डो मात्र होइन । यो कथा संसारका विभिन्न देशबाट आएका र हिंसाको सिकार भएर नयाँ जीवन खोज्न अमेरिका आएका सयौं मानिसको कथा हो।
सन् २०२३ मा कीर्तिमानी संख्यामा आप्रवासीको आगमनलाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति बाइडेनले आप्रवासी प्रक्रियालाई कडाइ गर्ने प्रस्ताव गरेका थिए ।यसमा अत्याधिक भीडभाड भएमा नाका बन्द गर्ने प्रस्ताव पनि समावेश छ । बाइडेनका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले नोभेम्बरमा जितेमा ठूलो मात्रामा मानिसहरूलाई फिर्ता पठाउने बताएका छन्।
अमेरिकामा आप्रवासीहरूको ठूलो मात्रामा बसाइँसराइलाई लिएर सुरु भएको बहसमा, सबैभन्दा चर्चित मुद्दा मेक्सिकोमा लागूऔषध तस्करी संगठनहरूको भूमिका हो।
एडुआर्डोको खतरनाक यात्रा
एडुआर्डोले इक्वेडरको राजधानी क्विटोबाट मेक्सिको सिटीको उडानबाट यात्रा सुरु गरेका थिए। त्यसपछि उनी बसमा चढेर अमेरिकी सिमानामा रहेको सोनोइटाबाट तीस घण्टाको यात्रा गरे ।
बस आप्रवासी र मेक्सिकन नागरिकले भरिएको थियो। यात्राको क्रममा बसलाई मेक्सिकोको सबैभन्दा हिंसक ड्रग्स कार्टेल र तिनीहरूका सहयोगीहरूको प्रभुत्व रहेको क्षेत्रमा लगिएको थियो जसका कारण एडुआर्डो डराएका थिए । आप्रवासन व्यवसायमा पनि यी गिरोहको वर्चस्व छ।
जब बस पहिलो पटक रोकियो, बिहानको करिब ६ बजिसकेको थियो । मास्क लगाएका १० हतियारधारी मानिस बसमा चढे। बस पहाडतर्फ लाग्यो । उनीहरुले सबै यात्रुहरूलाई आफ्नो कागजात देखाउन आग्रह गरे ।
जब उनीहरूले आप्रवासी चिने, उनीहरूले प्रत्येकसँग १२०० पेसो (लगभग ९० अमेरिकी डलर) मागे । अन्यथा उनीहरूलाई हिरासतमा लिने बताए।आप्रवासीहरूले पैसा जम्मा गरे तर २०० पेसो कम थियो । ती हतियारधारीहरूले करिब ११ घण्टा बस रोकेपछि फेरि बस आफ्नो यात्रामा अघि बढ्यो ।
सान लुइस रियो कोलोराडोको सीमावर्ती शहर थियो । जहाँ एडुआर्डो आश्रयमा बसेका थिए । त्यो शहर आप्रवासीहरुको अपहरणका लागि पनि परिचित छ। गत वर्ष मे महिनामा, एक स्थानीयले यस शहरको दुई तले घरमा मानिसहरूको संदिग्ध आवतजावत भएको रिपोर्ट गरेका थिए।
स्थानीय मेक्सिको प्रहरीले उक्त क्षेत्रमा छापा मार्दा पाँच जनालाई पक्राउ गरिएको थियो र एक सय भन्दा बढी आप्रवासीलाई उद्धार गरिएको थियो। तीमध्ये केहीलाई त्यहाँ तीन हप्तासम्म कैद गरिएको थियो।
छापा मार्ने स्थानीय प्रहरी अधिकारी टेरेसा फ्लोरेस मुनोज भन्छिन्, 'उनीहरूसँग खानेकुरा र पानी थिएन, शारीरिक र मानसिक रूपमा शोषण भइरहेको थियो।'
उनीहरुमध्ये एक भारतीय महिला पनि रहेको उनी बताउँछिन् । 'उनी आफ्नो बच्चालाई समातेर रोइरहेकी थिइन्। महिलाले आफ्नो बच्चा मलाई दिएर भनिन्, 'मैले बच्चालाई लैजानुपर्छ किनभने उनीहरूले उसलाई मार्न लागेका छन्।' यो साँच्चै विचलित बनाउने घटना थियो।' रिहा हुनेमा बंगलादेश, उज्वेकिस्तान, चीन, सेनेगललगायत २३ देशका नागरिक रहेका थिए ।
स्थानीय रिपोर्टहरूका अनुसार अपहरणकर्ताहरूले प्रत्येक आप्रवासीका लागि २५ सय अमेरिकी डलर मागे । गर्भवती महिलाहरूको लागि दोब्बर रकम माग्थे। आप्रवासीले यो रकम तिर्न नसकेमा यी गिरोहले आफन्तसँग रकम माग गर्थे ।
फिरौती असुलीमा व्यावसायिक अपराधी मात्रै संलग्न छैनन्
जबरजस्ती लुट्ने र बन्धक लिनेहरूमा पेशेवर अपराधीहरू मात्र नभई केही कानुन र व्यवस्था कायम गर्नेहरू पनि थिए। एडुआर्डो भन्छन् बस मेक्सिकोको सिनालोआ र सोनोरा राज्यहरू हुँदै उत्तरतर्फ जाँदा, ६ वटा प्रहरी चौकीहरूमा रोकियो, जहाँ अधिकारीहरूले आप्रवासीहरूसँग पैसा मागे।
'पैसा नभए उनीहरुले बोलाउँथे र पाइन्ट फुकाल, लुगा फुकाल भन्थे। उनीहरुलाई सुटकेसजस्तो केही दिनु पर्थ्यो। यदि पैसा छैन भने सामान लुट्थे । यसरी 'मैले मेरा केही कागजातहरू पनि हराए, उनले भने ।
आप्रवासीहरूलाई लक्षित गरी बसहरू रोक्नु सामान्य थियाे । मास्क लगाएका मानिसहरूले थोत्रा र खराब लुगा लगाएका, अनुहारमा डर देखिएका मानिसहरूलाई मात्र सोधपुछ गर्थे जो मेक्सिकनहरू हुँदैनथे ।
एडुआर्डोको सबैभन्दा खराब अनुभव
मेक्सिको सिटीको उत्तरी सिमानाको यात्राको क्रममा एडुआर्डोको सबैभन्दा खराब अनुभव सोनोरा राज्यमा भयो।
फेरि हतियारधारीले बस रोके । पाँच बालबालिकासहित कोलम्बियाका दुई परिवारसँग पैसा थिएन। यस्तो अवस्थामा उनीहरुलाई बसबाट निकालियो । हतियारधारीहरुले उनीहरुलाई ट्रकमा हालेर लगे ।
एडुआर्डोले दुःखी हुँदै भने, 'हामीसँग सबैलाई बचाउन पर्याप्त पैसा थिएन।' उनको ३ हजार अमेरिकी डलर सकिसकेको थियो । तस्करहरूले अब अमेरिकी सीमा पार गर्न लिने पैसा तिर्न उनी सक्दैनथे ।
यस्तो अवस्थामा बस चालकले एडुआर्डोलाई अपहरण गर्न सक्छन् भन्दै बसबाट झर्न भने । उनी सान लुइस रियो कोलोराडो झरे र एडुआर्डो आप्रवासी आश्रयमा बसे।
अपहरणमा परेका वा बन्दुकधारीलाई पैसा तिर्न नसक्ने आप्रवासीहरूले धेरै दुःख भोग्नुपरेको छ। त्यस्तै, तिजुआना सहर गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने मानिसहरूका लागि सधैं आकर्षक ठाउँ बनेको छ।
पछिल्लो समय सहरको पूर्वमा पर्ने पहाडमा आप्रवासीका शव भेटिएका छन् । टाउकोमा गोली हानेर उनको मृत्यु भएको हो । अमेरिका जानका लागि उक्त क्षेत्र नियन्त्रण गर्ने आपराधिक समूहलाई पैसा नदिँदा यी व्यक्तिको हत्या भएको अनुमान छ ।
सान डिएगो स्टेट युनिभर्सिटीका प्रोफेसर डा. भिक्टर क्लार्क अल्फारोका अनुसार कार्टेलहरूले जबरजस्ती, अपहरण र मानव बेचबिखन लगायतका आर्थिक गतिविधिहरूमा धेरै तरिकाहरू एकीकृत गरेका छन्।
लागूऔषध तस्करी
सीमाबाट मानिसहरूका साथ लागूपदार्थ पनि पठाउने गरेको पाइएको छ । 'म तिनीहरूलाई 'नार्को-कोयोट्स' भन्छु किनभने तिनीहरूले मानिसहरूलाई पार गर्दैनन्, तिनीहरू संयुक्त राज्य अमेरिकामा लागुऔषध पनि पठाउँछन्,' उनी भन्छन्।
उनले आप्रवासीलाई लागुऔषध बोक्न बाध्य पारिएको बताए ।
डा . क्लार्क भन्छन्, “संगठित अपराधमा हिंसाले महत्त्वपूर्ण भूमिका खेल्छ। 'हिंसालाई कार्टेलहरूले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन र निर्दोष मानिसहरू विरुद्ध प्रयोग गरिन्छ।'
एडुआर्डो कानुनी रूपमा अमेरिका प्रवेश गरे
एडुआर्डोले सान लुइस रियो कोलोराडोमा केही समय आराम गरे र राम्रो महसुस गरेपछि त्यहाँ जागिर पाए । तर मेक्सिकोको आफ्नो कष्टप्रद यात्रा पछि, एडुआर्डो अब अवैध रूपमा संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने जोखिम लिन चाहँदैनन्।
उसले सीबीपी वन नामकने एक अमेरिकी अनलाइन एपमा नाम दर्ता गरे । जसले अमेरिकी प्रवेशका लागि अपोइन्टमेन्टहरू तय गर्छ।
यदि उनले सुरक्षा जाँच पास गरे भने, उनलाई अमेरिकामा प्यारोल दिन सकिन्छ। बाइडेन प्रशासनले कार्टेलहरूको प्रभुत्व कम गर्न यी उपायहरू तयार गरेको छ।
यी दुई कुराका कारण एडुआर्डो अमेरिका जान प्रेरित भए
पहिलो उनको क्याथोलिक विश्वास हो। दोस्रो, इक्वेडरबाट उनको साथीको बारेमा अप्रिय समाचार आयो। अपराधीहरूले एडुआर्डोको साथीबाट पनि पैसा उठाउँदै थिए।
एडुआर्डो दुवै जना सँगै अमेरिका आउन चाहन्थे, तर उनका साथी आफ्नो परिवारलाई छोड्न चाहँदैनथे।
उनले एडुआर्डोलाई भनेका थिए उनले अपराधीहरूसँग सबै कुरा ठीक गर्नेछन्, तर उसले गर्न सकेन।
एड्वार्डोका आँखा आँसुले भरिए । उनी भन्छन्, 'उनीहरू मेरो साथीको पसलमा गए, उनीहरूले उसलाई मारे। यदि म इक्वेडरमा बसेको भए... भगवानलाई धन्यवाद... मैले धेरै दुःख भोगेको छु, तर म जीवित छु।'
एडुआर्डो यस वर्ष मार्चमा कानूनी रूपमा अमेरिका प्रवेश गरेका थिए।
बीबीसी

जब मस्कले ह्वाइट हाउसमा अनुमति बिना नै स्टारलिंकको वाईफाई जोडिदिए...
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd_Z7raxoUJFh_hn7oblycfptpqc3wyekj4albllgtmjsp1ryfkczgognj0kohyjwf7emrxlay_OatWHyyqgE_1nzq86nlswzyqriah0dy9dczcpez1l7hkrz5zryugcmhrqrqymnliiukhfd3.jpg)
कोलम्बियामा राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार

गाजामा थाइ बन्धकको मृत शरीर फेला, थाइल्याण्डद्वारा दुःख व्यक्त

'अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध'

अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान

‘एप्स्टिनको फाइलमा’ ट्रम्पको नाम पनि रहेको दाबी गरिएको मस्कको पोस्ट हटाइयो

प्रतिक्रिया