सरकारले कतारसँग हुने विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने

काठमाडौँ- सरकारले कतारसँग हुने विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने निर्णय गरेको छ ।
सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय भएको जानकारी दिइन् ।
त्यस्तै बैठकले कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन बिकास परियोजना कार्यान्वयनका लागि स्विस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्विस फ्रैंक बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने कोरिया अन्तर्राष्ट्रिय सहयोग निकायबाट पोखरा महानगरमा हुने हरित परियोजनाका लागि प्राप्त हुने अमेरिकी डलर ९ दशमलव ८ मिलियन अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।
बैठकले विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनःस्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सह-लगानी हुन सक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली संशोधन गर्ने निर्णय गरेको उनले बताइन् ।
त्यस्तै बैठकले सांस्कृतिक संस्थानको रिक्त सञ्चालक पदमा काठमाडौँ निवासी पुजा श्रेष्ठलाई चार वर्षका लागि मनोनयन गर्ने निर्णय गरेको छ ।

जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भो…

मेरो चरित्र हत्या गर्ने प्रयास भयोः मन्त्री अधिकारी

जनताको अपेक्षाअनुसार प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आयोः प्रधानमन्त्…

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

प्रतिक्रिया