सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसमा विभिन्न कार्यक्रम आयोजना

काठमाडौँ- सिद्धार्थ बैंक लिमिटेडले वैशाख १० गते पृथ्वी दिवस २०२४ को अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने र वातावरणीय समस्याहरूको बारेमा सचेत गराइ भविष्यका पुस्ताहरूका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी पृथ्वी दिवस मनाएको छ ।
बैंकले यस दिवसको अवसरमा सरसफाई र चित्रकला प्रतियोगिता जस्ता कार्यक्रमहरू आयोजना गरेको थियो ।
बैंकले सरसफाई कार्यक्रम अन्तर्गत देशको सातै प्रदेशका कुल १५ विभिन्न सार्वजनिक स्थानहरूमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो जसमा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
साथै बैंकले बालबालिकाहरूलाई सानै उमेरमा प्लास्टिकले निम्त्याउने वातावरणीय चुनौतीहरूबारे सचेत गराउने उद्देश्यले पृथ्वी दिवस २०२४ को नारा ‘‘Planet vs Plastic’ मा चित्रकला प्रतियोगिता समेत आयोजना गरेको थियो ।
यस्ता कार्यक्रमहरूले पृथ्वीमा दिनानुदिन बढ्दै गएको प्लास्टिकको प्रयोगका साथै प्रदूषणबाट पर्ने नकारात्मक असरको बारेमा जनचेतना फैलाइ जनमानसमा वातावरण स्वच्छ र सफा राख्न समेत प्रेरित गर्नेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।

एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड्स २०२५ मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

नेपाल–स्पेन सम्बन्ध विस्तारमा छलफल : सीएनआईका प्रतिनिधि र राजदूत नेपालबीच भेट…

भिसाको नेपाल व्यवसाय प्रमुखको रूपमा मनोज थापा

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरुमा डिजिटल भुक्…

एनएमबि बैंकद्वारा गण्डकी प्रदेशको मानवसेवा आश्रममा सोलार सामग्री वितरण

सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक र राजदूत पौडेलबिच छलफल

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तर

प्रतिक्रिया