केजरीवाललाई जेलमा इन्सुलिन दिइयो

काठमाडौँ - जेलमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पहिलो पटक जेलमा इन्सुलिन दिइएको छ । केजरीवाललाई सुगर रोगका कारण इन्सुलिन दिइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यस अघि केजरीवालले जमानत पाउने आशामा सुगर भएको दाबी गरेको बताउँदै विवाद भएको थियो । आम आदमी पार्टीका विधायक तथा दिल्ली सरकारका मन्त्री सौरभ भारद्वाजले केजरीवाललाई जेलमा इन्सुलिन दिएको जानकारी दिँदै मुख्यमन्त्री सहि भएको प्रमाणित भएको बताएका छन् ।
जेलका अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले केजरीवाललाई एम्सका डाक्टरहरूको सल्लाहमा सोमबार साँझ कम डोज इन्सुलिन दिइएको बताएको छ । सोमबार साँझ केजरीवालको सुगरको तह २१७ पुगेको अधिकारीहरूले जनाएपछि डाक्टरहरूले उनलाई इन्सुलिन दिने निर्णय गरेका थिए ।
यसअघि सीएम केजरीवालले तिहाड जेलका सुपरिटेन्डेन्टलाई चिठ्ठी लेखेर उच्च सुगर भएपनि इन्सुलिन नपाएको बताएका थिए ।
यसअघि सोमबार केजरीवालले आफ्नो स्वास्थ्य परिक्षण गर्न हरेक दिन १५ मिनेट डाक्टरसँग परामर्शको अनुमति मागे पनि अदालतले सो अनुमति दिन अस्वीकार गरेको थियो । त्यस्तै प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवालले सुगरको लेभल बढाउन र जमानत पाउन जेलमा आप र मिठाइ खाइरहेको आरोप लगाएको थियो । केजरीवाललाई मदिरा नीतिमा कथित घोटालाको आरोपमा मार्च २१ मा प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया