रवि लामिछानेले भनेः कानुन संशोधन गरेर सहकारी पीडितलाई न्याय दिन्छौँ

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुन संशोधन गरेर सहकारी पीडितलाई न्याय दिने पहल सुरु गरिसकेको दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले मंगलबार इलाम २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले अहिले कानुनकै कारण सहकारीका ठगहरूलाई कारबाही गर्न नसकिएको बताए ।
आफूले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएर कानुन संशोधन गरी सहकारी पीडितलाई न्याय दिने गरी अघि बढेको लामिछानेको भनाइ छ ।
‘चाँडै नै नीति ल्याएर, कानुनमा आवश्यक संशोधन गरेर हाम्रो सक्रियतामा सरकारले सहकारी ठगी गरेर भागेकाहरूको सम्पति रोक्का गरेर, तिनको सम्पति सबै बेचेर भए पनि साना साना बचतकर्ताको रकम तिर्न सुरु गर्नेछ।’ लामिछानेले भने, ‘मैले यो कुराको जानकारी प्रधानमन्त्रीलाई पनि गराएको छु ।’
अर्काको नाममा सम्पत्ति राख्ने र कानुनबाट उन्मुक्ति पाउनेहरूको सम्पत्ति जफत गरेर पीडितलाई नदिएसम्म आफू राजनीतिबाट नहराउने उनको भनाइ छ ।
आफ्नो पार्टी परिणाम ल्याउने गरी काम गर्न सरकारमा गएको उल्लेख गर्दै उनले काम गर्न नसकेको खण्डमा सरकारमा टाँसिएर नबस्ने बताए । डेट मात्रै लेख्न मिल्ने गरी राजीनामा पत्र झोलामा बोकेर हिँडेको सुनाउँदै उनले आफ्नो पार्टीका मन्त्रीहरूले एक सय दिनमै उल्लेख्य उपलब्धि हासिल गर्ने दाबी पनि गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया