जापानले बनाइदियो विपद् रोकथामका लागि सामुदायिक केन्द्र

काठमाडौँ - जापान सरकारले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकालाई विपद् रोकथाम सामुदायिक केन्द्र हस्तान्तरण गरेको छ । मंगलबार नेपालका लागि जापानी राजदूत किकुताले सो केन्द्र हस्तान्तरण गरेका हुन् ।
सामुदायिक केन्द्र जापान सरकारले जापानी गैरसरकारी संस्था परियोजना योजनाका लागि अनुदान सहायता अन्तर्गत निर्माण गरेको हो ।
जापानी गैरसरकारी संस्था जापान एसियन एसोसिएसन एण्ड एशियन फ्रेन्डसिप सोसाइटी (जेएएफएस) ले आयोजना गरेको यो परियोजनाले विपद् रोकथाम क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
यस परियोजनाले सामुदायिक केन्द्र निर्माण मात्रै होइन, विपद् रोकथाम समितिहरू, गतिविधिहरू, सार्वजनिक प्रसारण, गोदामहरू र पहिरो रोकथाम उपायहरू पनि सञ्चालन गर्दछ।
सो अवसरमा राजदूत किकुताले नयाँ सामुदायिक केन्द्र विपद् रोकथामको केन्द्र बन्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

प्रतिक्रिया