जाँदाजाँदै कतारका राजाले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !

काठमाडौँ - कतारका अमिर तमिम विन हमाद अल थानीले नेपाल भ्रमण सकेर फर्किने क्रममा नेपाल र नेपाली जनतालाई आतिथ्यका लागि धन्यवाद दिएका छन् ।
अमिर थानीले सामाजिक सञ्जालमार्फत मित्रराष्ट्र नेपालको आफ्नो पहिलो भ्रमणका क्रममा नेपालको प्राचीन इतिहासको केही अंश सिक्न पाएको र भ्रमणका क्रममा पाएको आतिथ्यताका लागि नेपाल, नेपालका नेताहरु र आम जनतालाई धन्यवाद दिएका हुन् ।
उनले भ्रमणका क्रममा आफूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग आर्थिक सम्बन्धलाई विकास गर्ने र द्विपक्षीय सहयोगलाई माथिल्लो स्तरमा पुर्याउने विभिन्न साझेदारहरूसहित सुदृढ गर्ने बारे छलफल भएको बताएका छन् ।
अमिर थानी आफ्नो दुई दिने भ्रमण सकेर आजै स्वदेश फर्किएका छन् ।

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए…

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

प्रतिक्रिया