राष्ट्रिय भलिबलमा न्यू डायमन्ड र एपीएफ विजयी सुरुआत

काठमाडौँ- डिफेन्डिङ च्याम्पियन न्यू डायमण्ड र एपीएफ क्लबले सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो खेलमा न्यू डायमण्डले नेपाल आर्मीलाई २५–१२, २५–१५, १७–२५ र २५–२१ को सेटमा पराजित गर्यो । न्यू डायमण्डकी सुमित्रा रेग्मी ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।
शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको दोस्रो खेलमा एपीएफले नेपाल प्रहरी क्लबलाई २५–२१, २२–२५, २५–१७ र २५–१६ को सेटमा हरायो । एपीएफकी सरस्वती चौधरी ‘प्लेयर अफ दि म्याच’ बनिन् । विजेता दुवै टोलीले समान ३–३ अंक जोडेका छन् ।
प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको विजेताले चार लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार जित्ने छन् । तेस्रो हुने टोलीले एक लाख २५ हजार तथा चौथोले ६२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई १५ हजार रुपैयाँ नगदबाट पुरस्कृत प्रदान गरिने छ ।
शनिबारसम्म चल्ने प्रतियोगितामा ४ टिमले पहिले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । लिगको शीर्ष दुई स्थानमा रहने टोली उपाधिका लागि भिड्ने छन् । प्रतियोगिताअन्तर्गत बिहीबार पनि २ खेल हुनेछ । पहिलो खेलमा आर्मी र एपीएफ भिड्ने छन् । दोस्रो खेलमा प्रहरीले न्यू डायमण्डको सामना गर्ने छ ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया