लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल - लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री जोखबहादुर महराले बुधबार गठबन्धन दलहरूसँग छलफल गरेपछि बिना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिएका हुन् । प्रदेशमा गठबन्धनमा रहेका दलहरूबीच भागबण्डा नपुगेपछि १० मन्त्रालय फुटाएर १२ पुर्याइएको छ ।
लुम्बिनीमा जनता समाजवादी पार्टी नेपालले भने दुई मन्त्रालय मागेकोमा एक मात्र दिएको भन्दै सरकार छोडेको छ । यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका भण्डारीलाल अहिरले राजीनामा दिएका छन् ।
त्यस्तै एमालेबाट चेतनारायण आचार्यले अर्थ र माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यस अघि नै पाइसकेका छन् ।
मुख्यमन्त्री महराले एमालेका भुमिश्वर ढकाललाई शहरी विकास तथा खानेपानी, दिनेश पन्थीलाई आन्तरिक मामिला, कानुन तथा सञ्चार, अर्जुन केसीलाई वन तथा वातावरण र रत्न खत्रीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
त्यस्तै नाउपाका धर्म बहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास तथा यातायात, स्वतन्त्र सांसद खड्ग बस्नेतलाई, पर्यटन उद्योग तथा सहकारी र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
साथै मुख्यमन्त्री महराले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन् ।
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_L3dDp9sQYX_zjfigvlgbmnx61viw2tk9aajopzhob2xabdr0chpxgl3bqnrbhqqyzeikqti.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

प्रतिक्रिया