इरानी र्यापरलाई मृत्युदण्डको सजाय

काठमाडौँ - सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनको वकिलले यसको पुष्टि गरेका छन् ।
२०२२ सालमा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको आन्दोलनलाई तुमाज सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेका थिए ।
सालेहीका वकिलहरूमध्ये एक अमिर रायसियनका अनुसार र्यापरले सजाय विरुद्ध अपील गर्नेछन्। यसबारे इरानी सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
सालेही पहिलो पटक सन् २०२२ को अक्टोबरमा पक्राउ परेका थिए । त्यसबेला सालेहीले प्रदर्शनको समर्थनमा सार्वजनिक वक्तव्य दिएका थिए । उनीमाथि धेरै आरोप लागेका थिए ।
जुलाई २०२३ मा उनलाई ६ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको थियो।
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

पुटिनसँगको फोन वार्ता धेरै राम्रो भयोः ट्रम्प

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु

कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान

प्रतिक्रिया