बिहारमा जेडीयूका नेताको गोली हानी हत्या

काठमाडौँ - भारत बिहारको सत्तारुढ दल जनता दल (युनाइटेड) का नेता सौरभ कुमारको गोली हानी हत्या भएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार सौरभ कुमार बुधबार राति एक विवाहबाट फर्कँदै गर्दा पटना नजिकैको पुनपुन क्षेत्रमा अज्ञात व्यक्तिहरूले गोली चलाएका थिए।
सब डिभिजनल पुलिस अफिसर (एसडीपीओ) कन्हैया सिंहले समाचार एजेन्सी एएनआईलाई भने, “सौरभ कुमार आफ्ना साथीहरूसँग रिसेप्सन समारोहमा गएका थिए।
त्यहाँबाट फर्कने क्रममा राति करिब १२ः१५ बजे मोटरसाइकलमा आएका अज्ञात आक्रमणकारीले गोली प्रहार गरेका थिए । उनलाई अस्पताल पुर्याइयो तर पहिले नै उनको मृत्यु भइसकेको थियो ।
उनीसँगै मुनमुन कुमार पनि घाइते भएका थिए र उनलाई कङ्करबाग अस्पताल लगिएको थियो।
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

पुटिनसँगको फोन वार्ता धेरै राम्रो भयोः ट्रम्प

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु

कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान

प्रतिक्रिया