धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नहुँदा चार महिनादेखि भएन आइपिओ निष्कासन

काठमाडौँ - नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद खाली हुँदा कुनै पनि कम्पनीको आइपिओ खुल्न सकेको छैन । आइपीओ पाइपलाइनमा ३५ कम्पनी हुँदा पनि बोर्डले आइपिओ निष्कासन गर्न नसकेको हो ।
गत पुस २० गते तत्कालीन बोर्ड अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि बोर्ड अहिले नेतृत्वविहीन भएको छ । सोही कारण आइपिओ निष्कासन हुन नसकेको बताइन्छ ।
नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्ति नाथ श्रेष्ठ बोर्ड अध्यक्ष नियुक्तिमा ढिलाइ हुँदा आइपिओ सर्वसाधारणका लागि जारी हुन नसकेको बताउँछन् । बोर्डमा भएका कार्यवाहक अध्यक्षहरूले आइपिओ जारी गर्न नसकेको उनले बताए ।
'कार्यकारी अध्यक्षको जिम्मेवारी यसअघि बोर्डकै बरिष्ठतम् कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई दिइएको थियो', उनले भने, 'फेरि अर्थ मन्त्रालयबाट आउनुभएका सहसचिव रितेश शाक्यले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ तर आइपिओ जारी हुन भने सकेको छैन ।' यसबीचमा पनि धेरै पटक बैठक बसेर आइपिओ जारी गर्न खोजे पनि सहमति हुन नसकेको उनले बताए ।
उनले अब छिट्टै बोर्ड अध्यक्ष नियुक्त भएसँगै आइपिओ जारी हुने जानकारी दिए । बोर्ड अध्यक्ष बन्नका लागि पाँच जना सर्टलिष्टमा परेका छन् । अध्यक्ष पदमा आवेदन दिएकामध्ये छनोट हुनेहरूमा कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठ रहेका छन् ।
छनोटमा परेकामध्ये कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत, चापागाईं बिमा समितिका पूर्वअध्यक्ष, अधिकारी र श्रेष्ठद्वय बोर्डकै निर्देशक हुन् ।
प्रस्तुति र अन्तर्वार्ताका आधारमा अब तीन जनाको छनोट हुने छ भने दुई जना बाहिरिने छन् । यसरी छनोट भएका तीन जनामध्येबाट एक जनालाई नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले बोर्डको नयाँ अध्यक्षका रूपमा नियुक्त गर्ने छ ।
सरकारले अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो । तत्कालीन बोर्ड अध्यक्ष हमालकाे कार्यकाल सकिएपछि बाेर्डले अध्यक्ष पदका लागि आवेदन माग गरेकाे थियाे ।
आइपिओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीहरू

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया