सिद्धार्थ बैंकलाई ‘अन्तर-बैंक पुरुष फुटसल’ को उपाधि

काठमाडौँ- सिद्धार्थ बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयले आयोजना गरेको ‘अन्तर-बैंक पुरुष फुटसल’ प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । वैशाख ९ देखि १२ गतेसम्म आयोजना भएको उक्त प्रतियोगितामा १९ बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो ।
बुधबार वीरगञ्जस्थित हाम्रो फुटसल मैदानमा भएको फाइनल खेलमा प्रतिस्पर्धी टिमलाई ६-० गोलले हराउँदै सिद्धार्थ बैंकले उपाधि जितेको हो । विजेता टिमलाई वीरगञ्ज उप-महानगरपालिकाका मेयर राजेश मान सिंहले ट्रफी हस्तान्तरण गरेका थिए । सो फाइनल खेलमा ४ गोल गर्दै म्यान अफ द म्याच सिद्धार्थ बैंकका सुदिप ताम्राकार भएका थिए । साथै, उक्त फुटसल प्रतियोगितामा सिद्धार्थ बैंकका प्रज्वल जंग कार्की उत्कृष्ट गोलरक्षक र सिद्धार्थ बैंककै पुष्प दनुवार सर्वोकृष्ट खेलाडीका रूपमा पुरस्कृत भएका थिए ।

भिसाको नेपाल व्यवसाय प्रमुखको रूपमा मनोज थापा

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरुमा डिजिटल भुक्…

एनएमबि बैंकद्वारा गण्डकी प्रदेशको मानवसेवा आश्रममा सोलार सामग्री वितरण

सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक र राजदूत पौडेलबिच छलफल

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तर

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आय…

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

प्रतिक्रिया