तरलता स्थितिमा उल्लेख्य सुधार आएको छ : गभर्नर अधिकारी

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु खाता र शोधनान्तर बचतमा रहेकाले तरलता स्थितिमा उल्लेख्य सुधार आएको बताएका छन् ।
नेपाल राष्ट्र बैंक स्थापनाको ६९ औँ वार्षिक उत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले शोधनान्तर बचत र मूल्यमा परेको चाप कम हुँदै गएकाले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै समेत बताए । यसबाट आर्थिक गतिविधिमा क्रमिक सुधार हुने अपेक्षा रहेको उनले बताए ।
आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा असुली केही प्रभावित भई निष्क्रिय कर्जा अनुपात बढ्दै गएको गएको भए पनि बैंकिङ प्रणालीमा तरलता सहज भएको र कर्जाका ब्याजदरसमेत क्रमशः घट्दै गएको सन्दर्भमा आगामी दिनमा कर्जा असुली सहज हुँदै जाने अपेक्षा रहेको गभर्नर अधिकारीले उल्लेख गरे ।
उनले समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहे तापनि यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज राख्न, मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न, भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न बैंक सफल रहेको बताए ।
गभर्नर अधिकारीले विप्रेषण आप्रवाह उल्लेख्य बढेको तथा आयात घटकोले चालु खाता एवं शोधनान्तर बचत कायम भई तरलता व्यवस्थापन गर्न र ब्याजदरमा परेको चाप कम गर्न सहयोग पुगेको जानकारी दिए । उपलब्ध तरलता र कर्जाको घट्दो ब्याजदरका कारण आर्थिक गतिविधि बढाउन आधार सिर्जना भएको उनले बताए ।
बैंक तथा वित्तीय संस्थाहरूलाई एक आपसमा गाभ्न/गाभिन प्रोत्साहन गर्ने बैंकको नीतिगत व्यवस्थालाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको उनले बताए । कार्यक्रममा रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र नेपाल एसबीआई बैंकलाई सम्मान गरेको थियो ।

भिसाको नेपाल व्यवसाय प्रमुखको रूपमा मनोज थापा

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरुमा डिजिटल भुक्…

एनएमबि बैंकद्वारा गण्डकी प्रदेशको मानवसेवा आश्रममा सोलार सामग्री वितरण

सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक र राजदूत पौडेलबिच छलफल

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तर

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आय…

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

प्रतिक्रिया