अक्षयकुमारको ‘बेलबटम’ बन्यो दोस्रो वेभपछि प्रदर्शन मिति घोषणा गर्ने पहिलो फिल्म

मुम्बई : अक्षयकुमार महामारीको दोस्रो वेभपछि फिल्म रिलिज गर्न अगाडि सर्ने पहिलो अभिनेता बनेका छन् । उनको अभिनय रहेको फिल्म ‘बेलबटम’को प्रदर्शन मिति घोषणा गर्दै उनले फिल्म हलमै रिलिज हुने जानकारी पनि गराएका छन् ।
बनेर पनि तयार भएका धेरै फिल्म बेलामा हलमा प्रदर्शन हुन नपाएपछि निर्माताले ओटीटी रिलिजको बाटो समात्दा अक्षयकुमारको यो फिल्म पनि ओटीटीमै रिलिज हुने सूचीको रुपमा चर्चा गर्ने गरिएको थियो । अक्षयकुमारले सामाजिक सञ्जालमा प्रदर्शन मितिको सानो क्लिप्ससहित जुलाई २७ को मिति घोषणा गरेका हुन् ।
अघिल्लो लकडाउनको समयमा लन्डनमा खिचिएको फिल्ममा अक्षयकुमारसँगै लारा दत्ता, वाणी कपुर र हुमा कुरेसीको अभिनय रहेको छ । केही दिनअघि महामारीका कारण अक्षयकुमारले आफूले लिन बाँकी रहेको पारिश्रमिकबाट ३० करोड कम गरिदिएको समाचार आएको थियो । अक्षयकुमारले सो समाचार सत्य नभएको बताएका छन् ।
सो समाचारमा ‘बेल बटम’का लागि १ सय १७ करोड लिइरहेका अक्षयकुमार निर्माता वासु भगनानीको अनुरोधमा ३० करोड कम गर्न तयार भएको दाबी गरिएको थियो । अक्षयले समाचारमा सत्यता नभएको बताएका थिए ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया