सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

बागलुङ- बागलुङमा आगलागीमा परी एक जानको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् । जिल्लाको तमानखोला गाउँपालिका–२ सिल्गुममा आगलागी हुँदा स्थानीय ४८ वर्षीय देवसिंह कामीको मृत्यु भएको हो भने सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढा मगर र ३३ वर्षीय प्रेमबहादुर घर्ती मगर घाइते भएका हुन् ।
शुक्रबार बिहानदेखि सिल्गुमस्थित रानीवन सामुदायिक वनमा लागेको आगो नियन्त्रणका लागि वनमा पुगेका कामीको आगोको लप्कोले एक्कासि भेट्दा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिए । बिहान ११ बजेदेखि बेपत्ता भएका कामीको दिउँसो २ बजे मात्र शव फेला परेको उनको भनाइ छ ।
घाइते बुढा मगर र घर्ती मगरलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरी निरीक्षक सुनारले बताए । घाइते दुई जनाको शरीरका विभिन्न अङ्गहरू जलेको उनी बताउँछन् । शवलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको सुनारले बताए । आगलागीमा परी एक घर र दुई गोठ नष्ट भएको उनको भनाइ छ ।
'बिहानदेखि नै आगलागी भएको रैछ, प्रहरी, स्थानीय भएर निभाउने क्रममा उहाँहरू आगोमा पर्नु भएछ, आगो निकै ठूला क्षेत्रमा फैलिएको छ, घर गोठ पनि जलेका छन्,' प्रहरी निरीक्षक सुनारले भने, 'आगो नियन्त्रणमा लिने प्रयास त गरियो तर सकिएको छैन, ठूलो क्षेत्रमा फैलिएको आगो नियन्त्रणबाहिर छ, तत्काल बस्तीहरू त जोखिममा छैनन् तर जङ्गल सबै जल्ने भयो ।'

बालेनले काठमाडौँ आएका शिक्षकलाई भनेः सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ

अराजक गतिविधि र भीड नियन्त्रण गर्न बल प्रयोग गरेनौः केन्द्रीय प्रहरी प्रवक्ता आचा…

पाँच सय हेक्टर क्षेत्रफलमा नियन्त्रित डढेलो

भाटभटेनी लुट्नेहरूलाई कुट्ने सुरक्षागार्ड ५ लाखसहित सम्मानित

‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’

दैनिक बिहान कागती पानी पिउनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया