छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुईको मृत्यु

सर्लाही- सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन् । आज बिहान ब्रह्मपुरी गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय अरविन यादव मृत फेला परेका हुन् ।
बिहान स्थानीयले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अवस्था हेर्दा घटना गएरातिको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । प्रनाउ श्रेष्ठको टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको छ । युवकको हत्या भएको वा आत्महत्या के हो भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सर्लाहीको सदरमुकाम मलङ्गवामा घरको छतबाट खसेर एक पुरुषको ज्यान गएको छ । आज बिहानीपख घरको छतबाट खसेर गम्भीर घाइते भएका अन्दाजी ४५ वर्षीय सन्तोष राउतको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मलङ्गवा नगरपालिका–१० का राउत मलङ्गवा नगरपालिका–९ स्थित दिनेश राउतको घरमा भाडामा बस्दै आएका थिए । अत्यधिक गर्मीका कारण शीतल खोज्दै छतमा सुतेका कारण लडेको हुनसक्ने प्रहरीको अनुमान छ । उनको शव शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रनाउ दीपक श्रेष्ठले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया