इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

इलाम- इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ । अहिले ३ बजेर ३० मिनेट सम्मको तथ्याङ्क अनुसार ६० हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
खसेको मत सङ्ख्याको आधारमा यो ५२ प्रतिशत मत हो । इलाम-२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । बिहान ७ बजेदेखि ७९ मतदान स्थलका एक सय ४९ मतदान केन्द्रमा मतदान भइरहेको छ ।
सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । इलाम-२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।

केमिकल हालेको आँप हो कि होइन कसरी चिन्ने ?
हार्ड रक क्याफे काठमाडौँले ५४ औं जन्मोत्सवमा गर्यो छोयला बर्गर लन्च

भ्रष्टाचारविरुद्ध कर्णालीबाट खाली खुट्टा नै काठमाडौँ लम्किरहेको नवराज बोहोराको…

कामपाले सुरु गर्यो निःशुल्क मानसिक स्वास्थ्य परीक्षण

विद्युतीय अपराध गरेको आरोपमा दुई जना पक्राउ

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

ललितपुरबाट १३ जुवाडे पक्राउ

प्रतिक्रिया