बिहीबार ०८ साउन, २०८२
Thursday, July 24, 2025

जापानका परराष्ट्र मन्त्री कामिकावा योकोले नेपाल भ्रमण गर्ने

नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुग्‍ने विषयमा कुराकानी हुने

तस्बिर : जापान सरकार परराष्ट्र मन्त्रालय ।

जापान- जापानका परराष्ट्र मन्त्री कामिकावा योकोले नेपालको औपचारिक भ्रमण गर्ने भएकी छन् । आगामी मे महिनाको ५ तारिकमा कामिकावाले नेपालको औपचारिक भ्रमण गर्ने जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भ्रमणको सिलसिलामा उनले आफ्नो समकक्षी नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग दुईपक्षीय हितका विषयहरूमा वार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । भेटमा सन् २०२६ मा नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुग्ने विषयमा कुराकानी गरिने जापानको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

यस्तै नेपाल अति कम विकसित मुलुकबाट माथि उक्लिनका लागि पनि जापानसँगको सम्बन्ध र सहयोगका विषयहरूमा कुराकानी हुने जनाइएको छ ।

जापानस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सन् २०२२ मा जापानमा राजदूत नियुक्ति हुनासाथ जापानबाट नेपाल र नेपालबाट जापानमा उच्च स्तरीय भ्रमण गराउन पहल गरिरहेका थिए । विभिन्न औपचारिक तथा अनौपचारिक भेटघाटहरूमा राजदूत डा सुवेदीले कूटनीतिक च्यानल तथा व्यक्तिगत रूपमा पनि नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए । 

आसन्न नेपालको लगानी सम्मेलनमा पनि जापानबाट ४० भन्दा बढी सहभागीहरूले भाग लिने योजना रहेको छ ।

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण, परराष्ट्र मन्त्री राणा

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण, परराष्ट्र मन्त्री रा…

बर्दियाका ८ पालिकामा ग्रामीण विकास परियोजना कार्यान्वयन हुने

बर्दियाका ८ पालिकामा ग्रामीण विकास परियोजना कार्यान्वयन हुने

श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए अमेरिकाले भिसा नदिने

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए…

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत