भारतको अस्ट्रेलिया भ्रमण र उठेका केही प्रश्नहरू

दुई साता अघि सकिएको इन्डियन प्रिमियर लिग (आइपीएल) मा विराट कोहली र आरोन फिन्च एकै टीममा थिए । भारतको राष्ट्रिय टीमका कप्तान कोहली र अस्ट्रेलियाको राष्ट्रिय टीमका कप्तान फिन्च रोयल च्यालेन्जर्स बेंग्लोरका लागि आइपीएलका कयौं खेलरूमा आ-आफ्ना मुलुकका खेलाडीहरू सहभागि टीमहरूसँग प्रतिष्पर्धामा रहे । तर आउँदो शुक्रबारबाट भने यी कप्तानहरू एक-आपसको सामना गर्नेछन् । सिड्नीमा हुने ओडिआई सिरिजमा यी दुईले आइपीएलमा गासेको मित्रतालाई भुल्नेछन् ।
अस्ट्रेलियाको यात्रामा निस्किएको भारतीय टीमका बारेमा केही प्रश्नहरू भने यथावत छन् । जसलाई यस आलेखमा उठाउने प्रयास गरिनेछ ।
के.एल राहुलको स्थान ?
रिशभ पन्त अस्ट्रेलिया पुगेको भारतीय टीममा छैनन् । त्यसकारण, के.एल राहुल नै भारतका लागि पहिलो रोजाईको विकेट किपरका रूपमा रहनेछन् । गत जनवरीमा रिशभ पन्त चोटका कारण बहिरिएपछि राहुलले भारतका लागि विकेट किपरको भूमिका निर्वाह गरिरहेका छन् । तर यस्तोमा, राहुलले कति नम्बरमा ब्याटिङ गर्लान भन्ने प्रश्न खडा हुन्छ ?
गत जनवरीमा राजकोटमा अस्ट्रेलियासँगको खेलबाट भारतका लागि विकेट किपरका रूपमा डेब्यु गर्दा राहुलले पाँच नम्बरमा ब्याटिङ गरे । त्यसलगत्तै, भएको न्यूजिल्यान्ड विरुध्दको खेलमा पनि राहुललाई उही भूमिका दिइयो । तर त्यसपछिका खेलहरूमा राहुल कहिले माथिल्लो क्रम, कहिले मध्य क्रममा प्रयोग गरिए । कति खेलहरूमा त उनी टीममै परेनन् ।
अस्ट्रेलिया भ्रमणमा उनले कति नम्बरमा ब्याटिङमा गर्ने हुन् पत्तो छैन । ओपनर रोहित शर्माको अनुपस्थिति र राहुल आफैलाई पनि माथिल्लो क्रममा ब्याटिङ गर्न मनपर्ने परीपेक्षमा भारतीय कप्तान कोहलीले कस्तो निर्णय लिने हुन् हेर्न बाँकी छ ।
अग्रवाल विरुध्द गिल
भारतले राहुललाई ओपनिङमा नपठाउने हो भने, शिखर धवनको साझेदार बन्न मायान्क अग्रवाल र शुभमन गिलको प्रतिस्पर्धा हुने देखिएको छ । न्यूजिल्यान्ड विरुध्दको खेलमा ओपनिङमा देखिएका पृथ्वी शा यसपटक भारतीय टीममा नपरेपछि धवनका लागि साझेदारको खोजी हुने भएको हो ।
अग्रवाल भारतीय टेस्ट टीमका लागि निरन्तर खेलिरहेका छन् । भर्खरै सकिएको आइपीएलमा अग्रवालले किंग्स इलेभेन पन्जाबका लागि प्रभावशाली प्रदर्शन गरे । उनको राहुलसँगको साझेदारी सम्झन लायक रह्यो । पन्जाबलाई क्वालिफायरमा पुर्याउन नसकेपनि ब्यक्तिगत रूपमा अग्रवालका लागि आइपीएल सफल नै रह्यो । आइपीएलमा पन्जाबका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा ६७० रन सहित राहुल पहिलो स्थानमा रहे । अग्रवाल पनि राम्राे रन बनाउने खेलाडीको सूचीमा रहे ।
यता, गिलले अहिलेसम्म भारतका लागि जम्मा दुई क्याप मात्र जितेका छन् । भारतीय टीमले सन् २०२३ को विश्वकपका लागि अहिलेबाटै टीम निर्माण गर्दै जाने हो भने गिल सम्भावित टीममा पर्नसक्ने खेलाडी हुन् । तर त्यसका लागि उनले अग्रवाल जस्ता खेलाडीहरूसँग चर्को प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
हार्दिक पान्ड्याको भूमिका
सन् २०१८ को एसिया कपमा घाइते भएपछि हार्दिक पान्ड्याको रिहाब र रिकभरीमा विशेष ध्यान दिइयो । बलिङ पनि गर्न चाहने पान्ड्या ढाडमा देखिएको समस्याका कारण आइपीएलमा ब्याटिङमा मात्र ध्यान केन्द्रित गर्न बाध्य भए ।
मुम्बई इन्डियन्सले आइपीएल जित्दा पान्ड्याको भूमिका महत्पूर्ण रह्यो । आइपीएलमा उनले स्वतन्त्रतापूर्वक ब्याटिङ गर्न पाए । भारतीय टीमका लागि उनले बलिङ गर्न पाउने छैनन्, त्यसकारण उनको ध्यान ब्याटिङमै हुनेछ । उनी भारतीय ब्याटिङ ‘लाइन–अप’ को शिर्ष ६ मै हुनेछन् । तर उनले भारतको राष्ट्रिय टीमका लागि आइपीएलमा जस्तै स्वतन्त्रतापूर्व ब्याटिङ गर्न पाउने छन् वा छैनन् भन्ने अनुमान गर्न गाह्रो छ ।
कुलदिप र चाहाल
भारतका लागि रबिन्द्र जडेजाको तल्लोक्रमको ब्याटिङ प्रदर्शन सधै महत्वपूर्ण रहदै आएको छ । भारतले उनलाई खेलाउने निर्णय गर्दा टीममा एक स्पिनरका लागि मात्र ठाउँ बाँकी रहन्छ । सन् २०१७ को च्याम्पियन्स ट्रफीपछि करिब दुई वर्ष कोहलीले कुलदिप यादव र युजभेन्द्र चाहाललाई प्रयोग गरे । तर अहिले समय फेरिएको छ । यस पटकको आइपीएलमा यादव कोलकाता नाइट राइडर्सका लागि मूख्य स्पिनर थिएनन् । त्यस्तै, भारतको न्यूजिल्यान्ड भ्रमणमा पनि उनले पर्याप्त मौका पाएका थिएनन् ।
उता चाहालले भने आइपीएलमा सन्तोषजनक खेले । रोयल च्यालेन्जर्सका लागि उनले कुल २१ विकेट लिए । आइपीएलमा उनले गरेको प्रदर्शनका आधारमा पनि भारतीय टीममा उनले एक्लो स्पिनरका रूपमा मौका पाउने सम्भावना प्रबल छ ।
अन्त्यमा,
भारतीय टीममा फास्ट बलरहरूको व्यस्थापन गर्नुपर्ने आवश्यकता छ । विशेषगरी, जसप्रित बुमराह र मोहम्मद शामी जस्ता खेलाडीहरूलाई आरामको जरुरी हुन्छ । अस्ट्रेलिया विरुध्द हुने टि-ट्वान्टी सिरिज र वार्मअपका खेलहरू जुध्नेछन् । त्यसकारण, यी बलरहरूलाई टि-ट्वान्टी सिरिजमा नखेलाई वार्मअप खेलहरूमा प्रयोग गर्ने सम्भावना पनि उत्तिकै छ । त्यस्तै नवदिप सैनी पनि बुराह र शामीसँगै वार्मअप खेलमा प्रयोग हुन सक्नेछन् ।
त्यसो त भारतीय टीमले शार्दुल ठाकुर, दिपक चाहार र टि नटराजनजस्ता पेसरहरूलाई कसरी प्रयोग गर्छ भन्ने पनि रोचक विषय हुनसक्छ । तर मूख्य चासोको विषय भनेको, बुमराह, शामी र सैनीलाई भारतीय टीमले कसरी आराम दिँदै उपयोग गर्छ भन्ने नै हो ।
(क्रिक इन्फोबाट )

असियन अल स्टार्ससँग म्यानचेस्टर युनाइटेड पराजित

जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : पथरीशनिश्चरे र दमक विजयी

लिभरपुलको विजय यात्राको भिडमा कार कुदाइयो, ४७ जना समर्थक घाइते

अब पाँच चौकाले बनाउनेछ कोहलीलाई १२०० चौका हान्ने पहिलो एसियन क्रिकेटर

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

प्रतिक्रिया