सुदूरपश्चिममा निलम्बित सासंदलाई दलको बैठकमा मात्रै रोक, सदनमा जान पाउने

धनगढी : सुदूरपश्चिममा ह्विप उल्लंघन गरिएको भन्दै निलम्बनमा परेका नेकपा एमालेका सात जना प्रदेशसभा सदस्यलाई दलको बैठकमा मात्रै रोक लगाइने भएको छ । उनीहरूले प्रदेशसभा बैठकमा भने जान पाउने भएका हुन् । एमाले प्रमुख सचेतक दुर्गाकुमारी विकले उनीहरूलाई दलको बैठकमा आउन नपाउने गरेर मात्र निलम्बन गरिएको जानकारी दिइन् । यसअघि संसदीय दलले ओली पक्षका सात जना सासंदलाई सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जनाएको थियो ।
एमाले संसदीय दलको सोमबार साँझ दलका नेता प्रकाशबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले सात जना सदस्यहरूको भूमिका हेरेर सात दिन, १० दिन र १५ दिनसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । निलम्बनमा पर्नेहरूमा पूर्वमन्त्री पठानसिंह बोहरा, रतन थापा, लिलाधर भट्ट, बलदेव रेग्मी, नेपालू चौधरी, ग्याल्बुसिंह बोहरा र माया तामाङ बोहरा रहेका रहेका छन् । बोहरा र थापालाई १५ दिन, भट्ट र रेग्मीलाई १० दिन र अरुलाई सात दिनका लागि दलको बैठकमा आउन नदिने गरेर निलम्बन गरिएको संसदीय दलले जनाएको छ ।

महाकाली सन्धि कार्यन्वय नहुँदा दोधारा-चाँदनी नहर निर्माण अन्योल

किबीका बोटले फल नदिएपछि किसान चिन्तित

खोलाको दूषित पानी पिउन बाध्य दोमिल्लाका बासिन्दा

ऐन कार्यान्वयनमा अन्योल

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

प्रतिक्रिया