उपेन्द्र यादव अमेरिका गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई
काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई तोकिएको छ ।
सो पार्टीका अध्यक्ष उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव शनिबार अमेरिका प्रस्थान गरेपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
अप्रिल ३० देखि मे ३ तारिखसम्म संयुक्त राष्ट्र संघीय सचिवालय न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा सहभागी हुन अध्यक्ष यादव शनिबार बेलुकी अमेरिका प्रस्थान गरेको र मे ७ तारिखमा स्वदेश फर्किने कार्यक्रम तय भएको समेत बस्नेतले बताए ।

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

सहकारी ठगी प्रकरण : फरार कांग्रेस सांसद राई पक्राउ

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा वैशाख १७ गते

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

प्रचण्डको ब्रिफिङ : शिक्षक, निजामति, चिकित्सक र लघुवित्त पीडितको समस्या सरकारला…

प्रतिक्रिया