टोकियोमा मोना फेस्टिवल (फोटो फिचर)

जापान- जापानको टोकियोमा मोना फेस्टिवल भएको छ । इताबासी नगरप्रमुख साकामोतो ताकेशीको प्रमुख आतिथ्यमा मोना जापानको आयोजनामा शनिबारदेखि फेस्टिवल सुरू भएको थियो ।
'जापान र नेपालबीचको सम्बन्धलाई थप टेवा पुग्ने यसप्रकारको संयुक्त कार्यक्रम आफ्नो गृहनगरमा गर्न पाउँदा खुशी लागेको छ' ताकेशीले भने 'जापान र नेपालको कला, संस्कृति, भेषभुषा, खानपान, रहनसहन, गीत-संगीतमार्फत दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म विकास गर्न यसप्रकारका कार्यक्रमहरू महत्वपूर्ण छ ।'
कार्यक्रममा नेपाली कला संस्कृति झल्किने घुम्टे नौमती बाजा समुह, धौलागिरी भजन समुह, मोहन ड्रागन महर्जन समुहको नेवारी सँस्कृतिमा आधारित लाखे नृत्यसहितको झाँकी उद्घाटन कार्यक्रममा गरिएको थियो ।
शनिबारदेखि आइबारसम्म चलेको उक्त कार्यक्रममा नेपाली र जापानी कलाकारहरूको प्रस्तुतिमा दर्शकहरू झुमेका थिए । एभरेष्ट इन्टरनेशनल स्कुल, तमु धी जापान, मोना जापान, घुम्टे नौमति बाजा, धौलागिरी भजन समुह, थकाली सेवा समिति, शेर्पा संघ जापान, तामाङ समाज जापान, पुन क्लब जापान, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापानलगायतका संघ संस्थाहरूले प्रस्तुति दिएका थिए ।
मोना जापानका अध्यक्ष विशाल केसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा फेस्टिवल संयोजकद्वय ज्ञानेन्द्र कार्की र सुजुकी ताकुयाले स्वागत मन्तव्य राखेका थिए । नेपाली राजदूतावासका कार्यबाहक राजदूत अम्बिका जोशी, मोना आइसीका अध्यक्ष ददिवल खड्का, इभेन्ट पार्टनर रोविन शेरचन, एनआरएन जापानका अध्यक्ष नविन निउरे, मोनाका आइसीका संस्थापक अध्यक्ष प्रकाश पुनले शुभकामना मन्तव्य दिएका थिए ।

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

अष्ट्रेलिया नेपाली कम्युनिटीको (अर्बन) अध्यक्षमा इटहरीका अरूणचन्द्र श्रेष्ठ निर्वाच…

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु

एनआरएनएको एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घ…

प्रतिक्रिया