इलाममा एमालेका सुहाङको अग्रता कायमै, कांग्रेसका खड्कासँग ५६६२ मतको फरक

काठमाडौँ- इलाम-२ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो अग्रता कायमै राखेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँग फराकिलो अग्रता कायम राखेका हुन् । सुहाङले १६ हजार २१९ मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका खड्का १० हजार ५५७ मत पाएका छन् । निकटतम् प्रतिद्वन्द्वी दुई उम्मेदवारबीच ५६६२ मतको अन्तर भएको छ ।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८८२५ मत पाएका छन् । भने, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २६४५ मत ल्याएका छन् ।
खसेको ६९२८७ मत मध्ये जम्मा ३९९६१ मत गणना गरिएको छ । अब १९३२६ मत गणना गर्न बाँकी रहेको छ । यस्तै फाकफोकथुम गाउँपालिका , चुलाचुली गाउँपालिका, माइ नगरपालिका वडा नम्बर ६, ७ र ८ तथा देउमाइ नगरपालिका वडा नम्बर १ २ ३ र ४ को गणना सम्पन्न भइसको छ । गणना गर्न बाँकी देउमाइ नपाका ५ ६ ७ ८ र ९ छन् । यस्तै इलाम नगरपालिकाका ११ वटा वडा गन्न बाँकी रहेका छन् ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया