एमालेका सुहाङको अग्रता कायमै

इलाम- प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले पाँच हजार ८ सय ५७ को अग्रता लिएका छन् । फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४ र ५ को मत गणना सकिएको छ ।
पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले १८ हजार १ सय ९६ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ३ सय ३९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले नौ हजार ३ सय ३६ मत प्राप्त गरेका छन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले ३ हजार ६७ मतसहित चौथो स्थानमा छन् ।
जम्मा ४४ हजार ३ सय ७३ मतमध्ये हालसम्म ४४ हजार ९ सय ७२ मत गणना भएको छ । जसमध्ये ५९९ मत बदर भएको छ ।

ओली सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएकोमा प्रचण्ड आक्रोशित

धर्म नभएकाले राजनीति गर्दा नागरिकलाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्ध…

‘बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ’ : प्रधा…

‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’

"निजी क्षेत्रको समस्या समाधान सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल"

हात हालाहालको स्थिति लडाइँमा परिणत हुन पाएनः प्रधानमन्त्री ओली

‘बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ’

प्रतिक्रिया