एमालेका सुहाङको अग्रता कायमै, कांग्रेसका खड्कासँग ६४३९ मतको फरक

काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले ६ हजार ४ सय ३९ को अग्रता लिएका छन् ।
पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले १९ हजार १ सय १४ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६ सय ७५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले नौ हजार ४ सय १० मत प्राप्त गरेका छन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले ३ हजार २ सय ४२ मतसहित चौथो स्थानमा छन् ।
जम्मा ४५ हजार ९ सय ५३ मतमध्ये हालसम्म ४६ हजार ५ सय ६९ मत गणना भएको छ । जसमध्ये ६१६ मत बदर भएको छ ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया