बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौँ- बझाङको प्रदेश सभामा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन् ।
यसअघि कांग्रेस विजयी भएको यस क्षेत्रमा यस पटक एमाले विजयी भएको छ । एमालेका भण्डारीले ११ हजार ६१३ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरे ।
यस निर्वाचनमा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८३१ मत प्राप्त गर्दै आफ्नो जमानत जोगाएका छन् ।
कुल सदर मतको १० प्रतिशत मत प्राप्त गरेमा जमानत जोगिने कानुनी व्यवस्था रहेको छ ।
यस क्षेत्रमा उपनिर्वाचनमा ११ उम्मेदवार रहेकोमा शीर्ष तीन उम्मेदवारबाहेक अन्य सबैको जमानत जफत भएको छ ।
एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत प्राप्त गरे पनि जमानत जोगाउन भने सकेनन् । त्यस्तै यस क्षेत्रमा राप्रपाका किशोरकुमार खड्काले २४२ मत प्राप्त गरेका छन् भने जसपाका रामबहादुर जाग्रीले ४४ मत मात्र पाएका छन् । त्यस्तै राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले ३५ मत प्राप्त गरेका छन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका दिपकबहादुर खड्काले २८ मत प्राप्त गरेका छन् ।
त्यस्तै जनमत पार्टीकी शुशिला देवी विष्टले २६, नेमकिपाका खगेन्द्रबहादुर शाहीले २४ र नेशनल रिपब्लिक नेपालका कमल घर्तिमगरले २ मत पाएका छन् ।
६१ हजार ७४८ मतदाता रहेको बझाङको यस उपनिर्वाचनमा शनिबार भएको मतदानमा ३० हजार ३२८ मत खसेको थियो, जसमा २९ हजार ७०५ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया