गुगलको पाइथान टिम बर्खास्त

काठमाडौँ- टेक कम्पनी गूगलले पछिल्लो समय आफ्नो पुरा पायथन टिमलाई बर्खास्त गरेको छ । कम्पनीले यो निर्णय सस्तो कर्मचारी भर्ना गर्न र आफ्नो लागत घटाउन गरेको फ्री प्रेस जर्नलको रिपोर्टमा उल्लेख गरिएको छ ।
रिपोर्टका अनुसार गुगलले लागत कटौतीका लागि अमेरिका बाहिरबाट सस्तो कर्मचारी भर्ना गर्ने योजना बनाएको छ । पाइथन एक उच्च परिष्कृत, सामान्य उद्देश्य प्रोग्रामिङ भाषा हो । यो गुगल टोलीमा करिब १० जनाले काम गरिरहेका थिए ।
रिपोर्टमा गुगलले जर्मनीको म्युनिखमा स्क्र्याचबाट नयाँ टोली सिर्जना गरिरहेको बताएको छ । यसअघि यस टोलीका १० जनाभन्दा कम व्यक्तिले पाइथनको सम्पूर्ण इकोसिस्टम चलाउँदै आएका थिए । गुगलको यो टोली पाइथनको स्थिर संस्करणलाई कायम राख्न, हजारौं तेस्रो पक्ष प्याकेजहरू अद्यावधिक गर्न र टाइपचेकर विकास गर्नमा संलग्न थियो ।
हालै गुगलले २८ कर्मचारीलाई निकालेको थियो । यी सबै कर्मचारीहरूले इजरायली सरकार र सेनालाई क्लाउड सेवाहरू उपलब्ध गराउने परियोजनाको विरोध गरिरहेका थिए । यसपछि कम्पनीका सीईओ सुन्दर पिचाईले आफ्नो एक ब्लग पोस्टमा कर्मचारीहरूलाई कार्यस्थलबाट राजनीतिलाई टाढा राख्न आग्रह गरेका थिए । त्यसमा उनले कर्मचारीलाई कार्यालयमा आएर आफ्नो काम गर्न र राजनीतिमा नलाग्न आदेश दिएका छन् ।
गुगलले २०२३ को सुरुमा १२ हजार कर्मचारीलाई निकालेको थियो । यस बर्खास्तीको बारेमा सिईओ सुन्दर पिचाईले कुनै पनि संस्थाको लागि चुनौतीपूर्ण समय भएको र विगत २५ वर्षमा हामीले कहिल्यै पनि यस्तो टर्निङ प्वाइन्टको सामना नगरेको बताएका थिए ।

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

प्रतिक्रिया