जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

टोकियो - जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा तीन वर्षकै पहिलो पटक घटेको सरकारले मङ्गलबार एक रिपोर्टमार्फत जनाएको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले गत वर्षको मार्च महिनाको तुलनामा रोजगार–आवेदक अनुपात शून्य दशमलव ०२ अंकले घटेर एक दशमलव २९ मा झरेको छ ।
मार्चका लागि, रोजगार उपलब्धता अनुपात फेब्रुअरीदेखि शून्य दशमलव ०२ ले बढेर एक दशमलव २८ पुगेको थियो । यसले प्रत्येक एक सय जनाका लागि एक सय २८ रोजगारी उपलब्ध भएको जनाउँछ ।
मन्त्रालयका अनुसार नयाँ रोजगारी खोज्ने मानिसहरूले आफ्नो हालको पदहरूमा तलब बढ्ने अनुमान गरेका कारण यो वृद्धि भएको हो ।
मार्चमा कम रोजगारीको अवसर भएका क्षेत्रहरूमा निर्माण क्षेत्र १० दशमलव आठ प्रतिशतले घटेको छ भने जीवनशैली र मनोरञ्जन सेवा क्षेत्र र शिक्षा क्षेत्र दुवै १० दशमलव पाँच प्रतिशतले घटेको छ ।

क्रेडिट सुइसको जरिवाना घटाइयो

भारतले ५ वर्षपछि फेरि चिनियाँ पर्यटकलाई भिसा दिने, आजबाट सुरू

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

विगत एक दशकमा वैदेशिक रोजगारबाट श्रीलङ्कामा उल्लेखनीय आम्दानी

किन अमेरिका युनेस्कोबाट बहिर्गमन गर्दैछ ?

हिरासतमा लिइएका बेलायती दम्पतीको उपचार भइरहेको तालिबानको दाबी

गाजामा भएको इजरायली आक्रमणमा १९ जना प्यालेस्टिनीको मृत्यु

प्रतिक्रिया