वीरगन्जको नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ चोरी

काठमाडौँ- नबिल बैंकको वीरगन्जको बाइपास रोडमा रहेको शाखाबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको छ । बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा एक करोड रुपैयाँ बढी चोरी जाहेरी दिएको छ ।
आइतबार राति बैंकको ताल्चा फुटाई चोर भित्र प्रवेश गरेका थिए । प्रहरीका अनुसार वेल्डिङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको छ ।
प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले चोरले टिनको बाकस फुटालेर एक सय र बीस रुपैयाँको नोट चोरी गरेको बताएका छन्। ‘बैंकको भल्ट सुरक्षित नै छ,’ थापाले भने, ‘सय र बीसको नोट राखिएको टिनको बक्सा काटेर पैसा चोरी भएको देखिएको छ ।’
प्रहरीका अनुसार चोरले ४/५ वटा बोरामा हालेर पैसा लगेका छन् । बैंकको ताल्चा फुटाएका चोरले चोरी गरि फर्किने क्रममा गेटमा नयाँ ताल्चा लगाइदिएका थिए ।
सोमबार बिहान बैँकको गार्डले ताल्चा खोल्दा नयाँ ताल्चा लगाइएको पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको रोहबरमा नयाँ ताल्चा खोलेर बैंक भित्र प्रवेश गर्दा पैसा चोरी भएको पाइएको थियो ।
सोमबार चोरी भएको पैसा एकिन गरि बैंकले प्रहरीमा जाहेरी दिएको हो । डीएसपी थापाका अनुसार प्रहरीले बैंकमा भएको चोरीको घटनाको सम्बन्धमा अनुसन्धान अगाडि बढाएको छ ।

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्…

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया